Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    लोकतान्त्रिक आदिवासी जनजाती महासंघ प्रदेश कमिटिको अधिबेसन भदौमा

    लोकतान्त्रिक आदिवासी जनजाती महासंघ प्रदेश कमिटिको अधिबेसन भदौमा


    • बिहिवार, श्रावण ५ २०७९

    • नेपाल वाइड


    लोकतान्त्रिक आदिवासी जनजाती महासंघ प्रदेश कमिटिको अधिबेसन भदौमा
    महासंघका केन्द्रीय उपाध्यक्ष एबं प्रदेश १ का इन्चार्ज पिके राई ।

    खोटाङ, ५ साउन । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल प्रदेश १ को अधिबेसन २४ र २५ भदौमा धरानमा हुने भएको छ ।

    लोकतान्त्रिक आदिवासी जनजाती महासंघको बुधबार बसेको भर्चुअल बैठकले प्रदेशको प्रथम अधिबेसनका लागि महासंघका केन्द्रीय उपाध्यक्ष एबं प्रदेश १ का इन्चार्ज पिके राईको संयोजकत्वमा ३०१ सदस्यीय आयोजक कमिटि गठन गरेको छ ।

    आयोजक कमिटिको सह–संयोजक टिकाराम चेम्जोङ र सचिव देवराज राई छन् । अधिबेसनका लागि १७ जातीय घटक संगठनहरुको इन्चार्ज र संयोजक तोकिएको आयोजक कमिटिका संयोजक राईले बताए । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा महासंघको प्रदेश स्तरीय भर्चुअल बैठक बसेको हो ।

    सम्बन्धित समाचार