Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    कांग्रेसका २४ नेता तथा कार्यकर्तालाई कारबाही सिफारिस

    कांग्रेसका २४ नेता तथा कार्यकर्तालाई कारबाही सिफारिस


    • सोमवार, आषाढ २७ २०७९

    • नेपाल वाइड


    कांग्रेसका २४ नेता तथा कार्यकर्तालाई कारबाही सिफारिस
    फायल तस्बिर

    खोटाङ, २७ असार । स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवार हराउन भुमीका खेलेको आरोप लगाउँदै नेपाली कांग्रेस खोटाङको अनुशासन समितिले प्रदेश र जिल्ला तहका २४ जना नेता तथा कार्यकर्तालाई कारबाही गर्न सिफारिस गरेको छ ।

    कांग्रेस जिल्ला सचिव एबं अनुशासन समितिका संयोजक ज्ञानेन्द्र जोशीको आइतबारको एकल निर्णयले प्रदेश महामन्त्री एबं दिप्रुङ चुइचुम्मा गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष भूपेन्द्र राई सहित २४ जना नेता तथा कार्यकर्तालाई चार वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्काशन गर्न प्रदेश र केन्द्रीय अनुशासन समिति समक्ष सिफारिस गरिएको हो ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट महामन्त्री राई सहित गाउँपालिका सभापति अमृत गिरी, क्षेत्रीय प्रतिनिधि एबं निवर्तमान वडाध्यक्ष पुर्णबहादुर खड्का, कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा सभापति रामचन्द्र राई, क्रियासिल सदस्य ज्ञानेन्द्रबहादुर राई, कांग्रेस जिल्ला सदस्य दिपक बिक, क्रियासिल सदस्य शम्भुकुमार राउत, सन्तबहादुर बिक र नेविसंघका पालिका सभापति बलराम बस्नेतलाई कारबाहीका लागि सिफारिस गरिएको कांग्रेस जिल्ला सचिव एबं अनुशासन समितिका संयोजक जोशीले बताए ।

    यस्तै, ऐसेलुखर्क गाउँपालिकाबाट कांग्रेसका पालिका उपसभापति धनकाजी राई सुरेन, क्षेत्रीय प्रतिनिधि सन्तोष दाहाल, क्रियासिल सदस्य रमेश राई, पुष्पराज बस्नेत र ऐसेलुखर्क गाउँपालिका–१ राखाका वडा सदस्य गंगा तामाङको नाम कारबाहीको सुचीमा समावेश छ ।

    खोटेहाङ गाउँपालिकाबाट कांग्रेस क्षेत्रीय प्रतिनिधि गणेश खड्का, क्रियासिल सदस्य लक्ष्मी तामाङ, युवराज राई, शिखर खतिवडा, सुनिता तामाङ, नवराज घिमिरे, थिरप्रसाद घिमिरे, उमेश तामाङ, सुवास खड्का र विवेक घिमिरेलाई कारबाही गर्न सिफारिस गरिएको अनुशासन समितिले जनाएको छ ।

    स्वयं कांग्रेसका उम्मेदवारहरुको निवेदन र वडा कार्य समितिको निर्णय अनुसार आरोपित नेतालाई पार्टीबाट चार वर्षको लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गर्न सिफारिस गरिएको जोशीले बताए ।

    नेता तथा कार्यकर्ता विरुद्ध स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार दिन कार्यकर्ता उक्साएको, चुनावी माहोल बिगारेको, एमालेका नेता र उम्मेदवारसँग गोप्य बैठक बसी आर्थिक चलखेल गरी पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमीका खेलेको लगायतका दावी सहित निवेदन परेको अनुशासन समितिले जनाएको छ । अनुशासन समितिको निर्णयका विषयमा महामन्त्री राईको समुह मौन देखिएका छन् ।

    कांग्रेसले ऐसेलुखर्क गाउँपालिका अध्यक्षको आधिकारिक उम्मेदवार बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सन्तबीर तामाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका आधिकारिक उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि राजेन्द्र राई र खोटेहाङ गाउँपालिका–८ सिमपानीमा बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि चन्द्रबहादुर थापालाई पार्टीबाट निष्काशन गरिसकेको छ ।

    सम्बन्धित समाचार