Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पहिरोले फेदीका १० घर जोखिममा, एउटा दुहुनो भैंसी मारिए

    पहिरोले फेदीका १० घर जोखिममा, एउटा दुहुनो भैंसी मारिए


    • शनिवार, आषाढ १८ २०७९

    • नेपाल वाइड


    पहिरोले फेदीका १० घर जोखिममा, एउटा दुहुनो भैंसी मारिए
    फेदीमा पहिरोले जोखिममा परेका घर ।

    खोटाङ, १८ असार । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा पहिरोले १० घर जोखिममा पर्नुका साथै एउटा दुहुनो भैंसी मारिएको छ ।

    शुक्रबार रातको अबिरल वर्षापछि गएको पहिरोले फेदी शुक्रबारेका बुद्धिराज राईको घरमुनिबाट पहिरो गएको छ । सर्नका लागि तयार पारिएको घरको पेटीभन्दामुनिबाट पहिरो गएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताए । बुद्धिराजको पेटीबाट झरेको पहिरो केहीमुनि रहेको दुजयन्ती राईको घरमाथि सडकमा थुप्रिएको छ ।

    यस्तै, माथिबाट झरेको पहिरोले तीन गोठ बगाउँदा समाक्षमा राईको एउटा दुहुनो भैंसी मारिएको छ । एउटा थोरे भैंसीको खुट्टा भाँचिएको छ । एउटा पाडो र गाईलाई पहिरोबाट सकुशल उद्धार गरेर निकालिएको छ । घरभन्दा केहीमाथि रहेको तपसी–दामलुङ सडकको नयाँ ट्रयाकबाट पहिरो जाँदा गोठ पुरिएको हो । घर भने केही मिटरले जोगिएको वडाध्यक्ष राईले बताए ।

    यस्तै, चिलिंखाका नविन राईको घरलाई तलबाट पहिरोले तानिरहेको छ । पहिरोले घर लच्काएको छ । पहिरोले घर जोखिममा परेपछि समाक्षमा राई, नविन राई, लाखमनी राई, रत्नमणी राई, मतीराज राई, इन्द्रमनी राई, धनकुमार राई र बडामनी राईको परिवारलाई तपसीडाँडामा सार्ने तयारी गरिएको छ ।

    केही स्थानीय शनिबार रातीदेखि नै घर छाडेर तपसीडाँडाका पसल तथा छाडिएका रित्तो घरमा बास बस्न पुगेको वडाध्यक्ष राईले बताए । फेदीको याक्सामा सडककै कारणले गएको पहिरोले घरमा क्षती पुगेको छ । त्यसको विस्तृत जानकारी आउन बाँकी छ । अनुगमनमा पुग्दा पहिरोले फेदीमा वितण्डा मच्याएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए ।

    landslide at phedi  (18 asar)_khotang1.jpg
    फेदीमा पहिरोले जोखिममा परेका घर ।

    सम्बन्धित समाचार