Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    प्रहरीलाई छक्याएर राप्रपाको राँके जुलुस

    प्रहरीलाई छक्याएर राप्रपाको राँके जुलुस


    • शुक्रवार, आषाढ १७ २०७९

    • नेपाल वाइड


    प्रहरीलाई छक्याएर राप्रपाको राँके जुलुस
    राँके जुलुसपछि किरातचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष ललितकुमा राई ।

    खोटाङ, १७ असार । कृषकलाई मल र बीउ उपलव्ध गराउन माग गर्दै राप्रपा खोटाङले राँके जुलुस प्रर्दशन गरेको छ । मल र बीउको अभावमा मर्कामा परेका किसानलाई तत्काल सर्वसुभल तरिकाले मल तथा बीउ उपलव्ध गराउन माग गर्दै राप्रपाले शुक्रबार साँझ दिक्तेलबजारमा राँके जुलुस निकालेको हो ।

    राप्रपाले प्रहरीलाई छक्याएर संगमपार्कदेखि रत्नपार्कको किरातचोकसम्म राँके जुलुस प्रदर्शन गरेको हो । राप्रपाले महंगी, कालोबजारी तथा भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै १३ असारमा कृषि ज्ञान केन्द्रमा धर्ना दिनुका साथै बजारमा जुलुस निकालेको थियो ।

    शिक्षा र स्वास्थ्य निःशुल्क गर्न, प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर्नु पर्नेदेखि संघीयता प्रादेसिक तह खारेजीसम्मको मागमा राँके जुलुस निकालिएको राप्रपाका जिल्ला अध्यक्ष ललितकुमार राईले बताए । राँके जुलुसपछि राप्रपाले किरातचोकमा कोणसभा गरेको थियो ।

    कालापानी, लिपुलेक र लिम्पीयाधुरा अतिक्रमित नेपाली भूमी फिर्ता गर्न, महिला, वालबालिका तथा दलित हिंसा र विभेद अन्त्य गर्न, स्थानीय तहमा लगाइएको दोहोरो कर खारेज गर्न, देवनागरी लिपीमा नम्बर प्लेट राख्ने व्यवस्था गर्न, इम्बोस्ड नम्बर प्लेट खारेज गर्न, पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग सहित राप्रपा चरणवद्ध आन्दोलनमा छ । पार्टीकातर्फबाट सरकार समक्ष पेश गरेका १९ बुँदे माग पुरा गर्नुपर्ने अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार