Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    मंहगीका बिरुद्ध हलेसीबजारमा युवा संघको मसाल जुलुस

    मंहगीका बिरुद्ध हलेसीबजारमा युवा संघको मसाल जुलुस


    • मंगलवार, आषाढ १४ २०७९

    • नेपाल वाइड


    मंहगीका बिरुद्ध हलेसीबजारमा युवा संघको मसाल जुलुस
    युवा संघले हलेसीबजारमा प्रदर्शन गरेको मसाल जुलुस ।

    खोटाङ, १४ असार । चर्को मंहगीका बिरुद्ध एमाले निकट राष्ट्रिय युवा संघले हलेसीबजारमा मसाल जुलुस प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्यवस्तुको मुल्या वृद्धिको बिरोधमा युवा संघको नगर कमिटिले सोमबार साँझ हलेसीबजारमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

    मुल्यवृद्धि रोकेर सर्वसाधारण जनतालाई राहत दिलाउनुपर्नेमा वर्तमान सरकारले उल्टै ढाड सेक्नेगरी महंगी बढाएको युवा संघले जनाएको छ ।

    मसाल जुलुसपछि भएको कोणसभालाई युवा संघका पुर्व केन्द्रीय सदस्य एबं एमाले केन्द्रीय सदस्य रमेश पौडेल, युवा संघका जिल्ला अध्यक्ष रसकुमार राईले सम्बोधन गरेका थिए ।

    महंगी बृद्धिको बिरोधमा राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएका थिए भने सोही साँझ दिक्तेलबजारमा मसाल जुलुस प्रदर्शन गर्दै महंगी नियन्त्रण गर्न र जनजीवनलाई सहज बनाउन माग गरेका थिए ।

    सम्बन्धित समाचार