आइतवार, जेठ २९ २०७९
नेपाल वाइड
खोटाङ, २९ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देउले सामुदायीक वनमा खयरका बिरुवा रोपिएको छ । देउले सामुदायीक वन उपभोक्ता समुहले आइतबार खयरका १४०० बोट बिरुवा रोपेका छन् ।
पछिल्लो समय सल्लाको बोट मासिदै गएकाले खयरको बिरुवा रोपिएको देउले सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष सन्तोष घिमिरेले बताए । २८५ हेक्टरमा फैलिएको सामुदायीक वनको उपभोक्ता समुहले वर्ष दिनअघि खयरको बिरुवा खरिद गरेर ल्याएर बेर्ना तयार पारेर रोपेको हो ।
खयरको बोट हुर्केपछि भविष्यमा राम्रो मुल्यामा बिक्रीवितरण र आयआर्जन हुने भएकाले खयरको बिरुवा लगाइएको अध्यक्ष घिमिरेले बताए । समुहले खयरको बिउ खरिद गरेर ल्याएर समुहका सदस्यलाई बेर्ना उत्पादन गर्ने जिम्मा दिएको थियो । बृक्षारोपणमा समुहका २८ जनाको सहभागीता रहेको थियो ।