Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    जिसस प्रमुखमा गठबन्धनबाट राई र एमालेबाट श्रेष्ठको मनोनयन

    जिसस प्रमुखमा गठबन्धनबाट राई र एमालेबाट श्रेष्ठको मनोनयन


    • आइतवार, जेठ २९ २०७९

    • नेपाल वाइड


    जिसस प्रमुखमा गठबन्धनबाट राई र एमालेबाट श्रेष्ठको मनोनयन
    फायल तस्बिर

    खोटाङ, २९ जेठ । जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा गठबन्धनबाट जसपाका सनबहादुर राई र एमालेबाट किशोर कुमार श्रेष्ठको मनोनयन दर्ता भएको छ ।

    ३० जेठमा हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि शनिबार प्रमुखमा राई र श्रेष्ठको उम्मेदवारी दर्ता भएको हो । जिल्ला समन्वय समितिको उपप्रमुखका लागि गठबन्धनबाट माओवादी केन्द्रका सुरेस तामाङ र एमालेबाट सन्तोष राईको मनोनयन दर्ता भएको छ । चुनावी भागवण्डाकै क्रममा गठबन्धनभित्र जिसस प्रमुख जसपालाई दिने सहमती भएको थियो ।

    यस्तै, खुला सदस्यमा गठबन्धनबाट कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसका कला राई, माओवादी केन्द्रकी विष्णुमायाँ राई र नेकपा एकीकृत समाजवादीका दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्माको उम्मेदवारी दर्ता भएको छ । एमालेले जिसस सदस्यमा भने मनोनयन दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार