Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ठक्करबाट नेता श्रेष्ठको मृत्यु भएपछि बाईक चालक र धनी बिरुद्ध जाहेरी

    ठक्करबाट नेता श्रेष्ठको मृत्यु भएपछि बाईक चालक र धनी बिरुद्ध जाहेरी


    • सोमवार, जेठ २३ २०७९

    • नेपाल वाइड


    ठक्करबाट नेता श्रेष्ठको मृत्यु भएपछि बाईक चालक र धनी बिरुद्ध जाहेरी
    बाईक चालक र धनी बिरुद्ध जाहेरी दिन जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका आफन्त । तस्बीरः दमन राई

    खोटाङ, २३ जेठ । खोटाङमा बाईकको ठक्करबाट घाइतेको मृत्यु भएपछि बाईक चालक र धनी बिरुद्ध सवारी कर्तव्य ज्यान अन्तरगतको जाहेरी दरखास्त दर्ता भएको छ ।

    प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकको ठक्करबाट घाइते बनेका राप्रपा नेता जीवनकुमार श्रेष्ठको निधन भएपछि चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका १७ वर्षीय अभिशेष राई र बाईक धनी उदयपुरको त्रियुगा नगरपालिका–१ का सविन राई बिरुद्ध सवारी कर्तव्य ज्यान अन्तरगतको जाहेरी दर्ता भएको हो ।

    सोमबार आफन्त सहित जिल्ला प्रहरी कार्यालय पुगेका मृतक श्रेष्ठका अन्तरे भाई रुद्रकुमार श्रेष्ठले सवारी चालक र सवारी धनी बिरुद्ध जाहेरी दिएका हुन् ।

    मृतकका आफन्त ‘दोषीमाथि कारबाही गर, ट्राफिक नियम पालना गरौं, घटनाको सत्यतथ्य छानविन गर, ट्राफिक नियम कडाईका साथ कार्यान्वयन गरियोस्’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

    २० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको बाईकले सपिङ कम्प्लेक्स अगाडि सडकमा ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको न्युरो अस्पतालमा उपचारका क्रममा २२ जेठमा निधन भएको थियो ।

    स्पीडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गहिरो चोट लाग्दा चिन्ताजनक अवस्थामा अस्पताल लगिएको थियो । श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष थिए ।

    करिब १५ वर्ष पार्टीको जिल्ला अध्यक्षको भूमीका निर्वाह गरेका उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । जिल्लामा भ्रष्टाचार र बेथितिका बिरुद्ध निडरताका साथ खुलेर बोल्ने र बिरोध गर्ने नेताका रुपमा उनी परिचित थिए ।

    सम्बन्धित समाचार