Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    विश्व वातावरण दिवस

    विश्व वातावरण दिवसमा मझुवागढी पदमार्ग सरसफाई

    विश्व वातावरण दिवसमा मझुवागढी पदमार्ग सरसफाई


    • आइतवार, जेठ २२ २०७९

    • नेपाल वाइड


    विश्व वातावरण दिवसमा मझुवागढी पदमार्ग सरसफाई
    पर्यटकीय स्थल मझुवागढी जाने पदमार्ग सरसफाई गरिदै । तस्विर : नेपालवाईड डटकम

    खोटाङ, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा खोटाङमा धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी जाने पदमार्ग सरसफाई गरिएको छ । ‘पृथ्बीको संरक्षणः दिगो प्रकृतिमैत्री जीवन यापन’ भन्ने नाराका साथ मनाइएको दिवसको अवशरमा आइतबार बिहान दिक्तेलबजारको हाटडाँडादेखि मझुवागढीसम्मको पदमार्ग सरसफाई गरिएको हो ।

    दिवसको अवसरमा पदमार्ग आसपासमा यत्रतत्र छरिएका बिस्कुट, चाउचाउ, चकलेटका खोल, प्लाष्टिकको खाली बोत्तल लगायतका फोहोरमैला संकलन गर्दै व्यवस्थापन गरिएको छ ।

    डिभिजन वन कार्यालय र सामुदायीक वन उपभोक्ता महासंघको आयोजना तथा प्रगतिशील युवा सञ्जालको व्यवस्थापनमा सरसफाई तथा अन्तरक्रीया कार्यक्रम गर्दै दिवस मनाइएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, पुर्व जिविस सभापति एवं कांग्रेस सभापति बिष्णुकुमार राई, सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ, डिभिजन वन कार्यालयका निमित्त प्रमुख जगदीश रेग्मी, सुरक्षा निकायका प्रमुख, सामुदायीक वन उपभोक्ता महासंघका प्रदेश सचिवालय सदस्य सुर्य राई, महासंघका पुर्वकेन्द्रीय सदस्य मोहन गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, नेकपा एसको नगर कमिटि अध्यक्ष यादवसेन राई, सामुदायीक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री लगायतको सहभागीतामा सरसफाई गरिएको हो । सरसफाई गर्दै मझुवागढीमा पुगेर औपचारिक कार्यक्रमका बीच विश्व वातावरण दिवस समापन गरिएको थियो ।

    कार्यक्रममा मेयर भट्टराईले हरेक महिनाको अन्तिम शनिबार मझुवागढी पदमार्ग सरसफाई अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । कार्यक्रम डिभिजन वन कार्यालयका निमित्त प्रमुख रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो ।

    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    तस्विरहरु : नेपालवाईड डटकम

    सम्बन्धित समाचार