Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    रहेनन् राप्रपा नेता जिवन श्रेष्ठ

    रहेनन् राप्रपा नेता जिवन श्रेष्ठ


    • आइतवार, जेठ २२ २०७९

    • नेपाल वाइड


    रहेनन् राप्रपा नेता जिवन श्रेष्ठ
    स्व.जीवनकुमार श्रेष्ठ ।

    खोटाङ, २२ जेठ । बाइकको ठक्करबाट गम्भीर घाईते बनेका राप्रपाका नेता जीवनकुमार श्रेष्ठ (५६) को निधन भएको छ । शुक्रबार खोटाङको दिक्तेलबजारमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाईते भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको हो ।

    गम्भीर घाईते भएपछि हेलीकोप्टरमार्फत न्युरो अस्पताल बासबारी पुर्‍याइएका श्रेष्ठलाई अस्पतालले आइतबार मृत घोषणा गरेको राप्रपाका केन्द्रीय सदस्य रबिन चाम्लिङले बताए ।

    श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको बाईकले सपिङ कम्प्लेक्स अगाडि सडकमा ठक्कर दिएको थियो ।

    स्पीडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गहिरो चोट लाग्दा चिन्ताजनक अवस्थामा अस्पताल लगिएको थियो ।

    श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष थिए । करिब १५ वर्ष पार्टीको जिल्ला अध्यक्षको भूमीका निर्वाह गरेका उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । जिल्लामा भ्रष्टाचार र बेथितिका बिरुद्ध निडरताका साथ खुलेर बोल्ने र बिरोध गर्ने नेताका रुपमा उनी परिचित थिए ।

    बाईक दुर्घटनामा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी ४८ वर्षीय बिष्णुकुमारी राई पनि घाईते भएकी छन् । हेलीकोप्टरबाट श्रेष्ठसँगै काठ्माण्डौं पठाइएकी राईको पनि न्युरो अस्पतालमै उपचार भइरहेको छ ।

    बाइक चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घाइते बिष्णुकुमारी र अभिषेक आमाछोरा हुन् ।

    सम्बन्धित समाचार