Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    मृतक बीमित परिवारलाई यूनियन लाइफले दियो १४ लाख

    मृतक बीमित परिवारलाई यूनियन लाइफले दियो १४ लाख


    • शुक्रवार, जेठ २० २०७९

    • नेपाल वाइड


    मृतक बीमित परिवारलाई यूनियन लाइफले दियो १४ लाख
    बीमितका परिवारलाई बीमा रकम प्रदान यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रतिनिधि ।

    खोटाङ, २० जेठ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु भएका बीमितका परिवारलाई बीमा रकम प्रदान गरेको छ । बिमा गरेर मलेसिया गएको अवस्थामा मृत्यु भएका केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा घर भइ हाल दिक्तेलमा बसोबास गरिरहेका जितबहादुर बस्नेतको परिवारलाई यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी वापत १४ लाख हस्तान्तरण गरेको हो ।

    शुक्रबार दिक्तेलमा एक कार्यक्रम आयोजना गरेर यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका बागमती प्रदेश प्रमुख राजु श्रेष्ठले मृतक बीमितका श्रीमती सुर्जाकुमारी बस्नेतलाई मृत्यु दावी वापत प्राप्त हुने कुमारी बैंकको चेक हस्तान्तरण गरेका हुन् ।

    बस्नेतले बैदेसिक रोजगारीका सिलसिलामा मलेसिया जानुअघि १३ फागुन २०७७ मा बैदेसिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । बीमा गरेर मलेसिया पुगेका बस्नेतको २ असोज २०७८ मा मृत्यु भएको थियो ।

    मृतक बीमितको बीमांक दावी रकम वापत १० लाख, क्रिया खर्च वापत १ लाख, शव ल्याउँदाको खर्च वापत १ लाख र आय नोक्सानी वापत २ लाख रकम उपलव्ध गराइएको यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका खोटाङ शाखा प्रमुख नरेन्द्र ढकालले बताए ।

    दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक पदम बिष्ट, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका ओखलढुंगा शाखा प्रमुख तेजप्रसाद ढकाल, कम्पनीका खोटाङ एजेन्सी मेनेजर मनोज थापा, मृतक परिवारका छिमेकी चन्द्र कार्की लगायतको उपस्थितिमा मृत्यु दावी रकम हस्तान्तरण गरिएको हो ।

    सम्बन्धित समाचार