Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    वन उपभोक्ता महासंघको स्थापना दिवसमा बृक्षारोपण

    वन उपभोक्ता महासंघको स्थापना दिवसमा बृक्षारोपण


    • बिहिवार, जेठ १९ २०७९

    • नेपाल वाइड


    वन उपभोक्ता महासंघको स्थापना दिवसमा बृक्षारोपण
    बृक्षारोपण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई लगायत । तस्बीरः चिसाङ शेर्पा

    खोटाङ, १९ जेठ । सामुदायीक वन उपभोक्ता महासंघको स्थापना दिवसको अवशरमा खोटाङमा बृक्षारोपण गरिएको छ । महासंघको २७ औं स्थापना दिवसको अवसरमा बुधबार दिक्तेल बहुमुखी क्याम्पस परिषर र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित बालकन्य बोखिम प्राकृतिक सामुदायीक वनमा बृक्षारोपण गरिएको हो ।

    दिक्तेल बहुमुखी क्याम्पसमा डिभिजन वन कार्यालयको सहयोगमा सामुदायीक वन उपभोक्ता महासंघ र स्वयं क्याम्पसको आयोजनामा बृक्षारोपण गरिएको हो । क्याम्पस परिषरमा पोथ्रे गुराँस, निलसिरीष, धुपि, कृष्णकली लगायतका विरुवा रोपिएको सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राईले बताए ।

    क्याम्पस परिषरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, क्याम्पस प्रमुख हिराकुमार राई, क्याप्टेन जगतराम राई, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य सम्मर भुजेल, प्रदेश सचिवालय सदस्य सुर्य राई, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष दमन राई लगायतले बृक्षरोपण गरेका थिए ।

    यस्तै, बालकन्या बोखिम प्राकृतिक सामुदायिक वनमा सिन्कौली, हर्रो, बर्रो र सिमलका बिरुवा रोपिएको छ । सामुदायीक वनमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, उपप्रमुख रमेश राउत, दुर्छिमका वडाध्यक्ष रुपेन्द्र राई, महासंघका केन्द्रीय सदस्य भुजेल, नगर महासंघ अध्यक्ष अगिन्द्र राई, पूर्व प्रअ खम्बराज राई लगायतले बृक्षारोपण गरेका थिए ।

    सम्बन्धित समाचार