Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    केपिलासढी : नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधि बीच स्वागत तथा विदाई

    केपिलासढी : नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधि बीच स्वागत तथा विदाई


    • सोमवार, जेठ १६ २०७९

    • नेपाल वाइड


    केपिलासढी : नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधि बीच स्वागत तथा विदाई
    केपिलासगढीमा नयाँ जनप्रतिनिधि र पुरानो जनप्रतिनिधि बीच भएको स्वागत तथा विदाई कार्यक्रमका अबशरमा अध्यक्ष समिर राई (बाँया) र निवर्तमान अध्यक्ष कृष्ण कुमार राई (दायाँ) ।

    खोटाङ, १६ जेठ । खोटाङको केपिलासढी गाउँपालिकाका नयाँ जनप्रतिनिधि र पुरानो जनप्रतिनिधि बीच आपसमा स्वागत तथा विदाई कार्यक्रम भएको छ ।

    सोमबार औपचारिक कार्यक्रमका बीच निवर्तमान जनप्रतिनिधिले नवनिर्वाचित जनप्रतिनिधिको स्वागत गरेका छन् भने नवनिर्वाचित जनप्रतिनिधिले पुरानो जनप्रतिनिधिलाई सम्मान सहित बिदाई गरेका छन् ।

    निवर्तमान गाउँपालिका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हिरादेबी वन लगायतले नवनिर्वाचित अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, वडाध्यक्ष र वडासदस्यलाई स्वागत गरेका छन् ।

    यस्तै, नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष लगायतले निवर्तमान अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई दोसल्ला ओढाएर सम्मान–पत्र सहित विदाई गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये केपिलासगढीमा निवर्तमान र नवनिर्वाचित जनप्रतिनिधिबीच हार्दिकतापुर्ण स्वागत तथा विदाई भएको हो ।

    सोही कार्यक्रममा निर्वाचन अधिकृत राजकुमार राईलाई पनि बिदाई गरिएको छ । निर्वाचन अधिकृत राईले गाउँपालिका अध्यक्षलाई निर्वाचन प्रतिबेदन हस्तान्तरण गरेका छन् ।

    welcome & farewell at kepilasgadhi_khotang.jpg

    केपिलासगढीमा नयाँ जनप्रतिनिधि र पुरानो जनप्रतिनिधि बीच भएको स्वागत तथा विदाई कार्यक्रम ।

    सम्बन्धित समाचार