Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पुर्वसांसद राई र पुर्णबहादुरबीच जाहेरी हालाहाल

    पुर्वसांसद राई र पुर्णबहादुरबीच जाहेरी हालाहाल


    • आइतवार, जेठ १५ २०७९

    • नेपाल वाइड


    पुर्वसांसद राई र पुर्णबहादुरबीच जाहेरी हालाहाल
    पुर्वसांसद टंक राई

    खोटाङ, १५ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा स्थायी ठेगाना भएका पुर्वसांसद टंक राई र पुर्णबहादुर राईबीच जाहेरी हालाहाल भएको छ ।

    पुर्णबहादुरलाई निर्घात कुटपिट गर्नमा संलग्न भएको भन्दै पुर्वसांसद राई सहित ६ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भए लगत्तै पुर्णबहादुर बिरुद्ध पुर्वसांसद राईको कठालो समाएकामा अभद्र व्यवहार सम्वन्धी कसुरमा जाहेरी दर्ता भएको हो ।

    माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष रहेका पुर्वसांसद राई बिरुद्ध शुक्रबार ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको हो ।

    सोही दिन पुर्वसांसद राईले पुर्णबहादुर बिरुद्ध अभद्र व्यवहार सम्वन्धी कसुरमा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । घाइते पुर्णबहादुरको आफन्तले पुर्वसांसद राई, विवेक राई, धनीराम राई सहित ६ जना विरुद्ध जाहेरी दिएका हुन् ।

    उनीहरुबीच ११ जेठ राती जालपास्थित एक होटलमा कुटाकुट भएको थियो । पुर्वसांसद राईले सोही राती सामाजिक सञ्जालमार्फत आफुमाथि आक्रमण भएको खबर सार्वजनिक गरेका थिए ।

    तर पुर्णबहादुरलाई घाइते बनाएर उल्टै उसैलाई आक्रमण गरेको आक्षेप लगाएको छिमेकी गोपाल गुरुङ बताउँछन् । आक्रमण गर्ने पुर्णबहादुर नै घाईते अवस्थामा भेटिएपछि घाइतेका आफन्तले जाहेरी दिएको बताएका छन् । घाइते पुर्णबहादुर एमाले वडा कमिटि सदस्य हुन् ।

    jaheri-purna bdr_khotang.jpg

    कुटपिटबाट घाइते भएका पुर्णबहादुर राई ।

    कुटपिटबाट घाइते भएका पुर्णबहादुरलाई जालपा सामुदायीक अस्पतालमा सामान्य उपचार गरेपछि जिल्ला अस्पताल लगिएको थियो । उनको टाउकोमा चार टाँका चोट लागेको छ । घाँटीमा चोट तथा अनुहारमा निलडाम लागेको देखिएको छ । टाउकोमा चोट लागेको भन्दै जिल्ला अस्पतालले रेफर गरेपछि उनलाई बिहिबार साँझ काठ्माण्डौं लगिएको छ ।

    कुटपिटका घटनालाई लिएर कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन दल पुर्वसांसद राईको पक्षमा र एमाले पुर्णबहादुरको पक्षमा उभिएर आरोप प्रत्यरोपमा उत्रिएका छन् ।

    गठबन्धन दलले पुर्वसांसद राईमाथि आक्रमण भएको भन्दै बिहिबार बिज्ञाप्तीमार्फत दोषीमाथि कारबाही माग गरेको छ । एमालेले पनि सोही दिन विज्ञाप्तीमार्फत पुर्णबहादुरलाई मरणासन्न हुनेगरी कुटपिट गरी घाईते बनाएर उल्टै आक्रमण गरेको आरोप लगाएको जनाएको छ ।

    पुर्वसांसद राई खाना खाएर सुत्ने तरखर गरिरहेकाबेला नजिकै बन्दुकले हान्ने भन्दै हो–होल्ला गरेपछि गएर सम्झाउन खोज्दा आफुमाथि आक्रमण भएको बताउँछन् । एमाले जालपाका वडाध्यक्षका उम्मेदवार पवन राईले पुर्णबहादुरलाई घाइते बनाएर घटनाको सत्यतथ्य लुकाउन कुप्रचार भएको दावी गरे ।

    उसो त पुर्णबहादुरमाथि स्थानीय तहको निर्वाचनमा मतदानस्थलको बार तोडेको, विजय जुलुसमाथि बोत्तल हानेको लगायतका आरोप छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित समाचार