Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पुर्वपत्रकार दाहाल मृत भेटिए

    पुर्वपत्रकार दाहाल मृत भेटिए


    • शुक्रवार, जेठ १३ २०७९

    • नेपाल वाइड


    पुर्वपत्रकार दाहाल मृत भेटिए
    मणिराम ढकाल ।

    खोटाङ, १३ जेठ । खोटाङका पुर्वपत्रकार मणिराम दाहाल (६३) आफ्नै कोठामा मृत फेला परेका छन् । दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्धेश्यीय सहकारीको कार्यालयसँगै रहेको कोठामा शुक्रबार बिहान मृत फेला परेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले स्थायी ठेगाना भएका दाहाल डेढ वर्षदेखि बहुउद्धेश्यीय सहकारीको कार्यालय रहेको घरमा बस्दैआएका थिए ।

    दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर खबर गरेको प्रहरीले जनाएको छ । शव कोठामा खाटमा नभै भुईमा सिरकले ढाकेको अवस्थामा भेटिएको आफन्तले बताएका छन् ।

    मुखबाट रगत निस्किएको, आँखामा निलडाम लागेको, नाइटो भन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताए ।

    दाहाल बस्दै आएको दुई कोठा मध्ये एउटा कोठा लिपपोत गरिएको र र्‍याल चुहिएको पाइएको छ । घटनाको सर्जमिन मुचुल्का तयार पार्नेक्रममा दाहालको साथमा भएको मोबाईल हराएको छ । उनको मुत्युलाई आफन्तले शंकास्पद मानेका छन् ।

    घटना प्रकृति शंकास्पद देखिएकाले सुक्ष्मढंगबाट अनुसन्धान गर्नुपर्ने देखिएको नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौंलागाईले बताए । दाहालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

    दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य, नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक सह–संयोजक थिए । उनी क्षितिज बहुउद्धेश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पुर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए ।

    सम्बन्धित समाचार