Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    जालपा घटनामा राजनीतिकरण, विज्ञाप्तीवाजीमा उत्रिए दल

    जालपा घटनामा राजनीतिकरण, विज्ञाप्तीवाजीमा उत्रिए दल


    • बिहिवार, जेठ १२ २०७९

    • नेपाल वाइड


    जालपा घटनामा राजनीतिकरण, विज्ञाप्तीवाजीमा उत्रिए दल
    विज्ञाप्ती ।

    खोटाङ, १२ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा होटलमा भएको द्धिपक्षीय विवादले राजनीतिक रुपमा लिएको छ । बुधबार राती पुर्वसांसद एबं माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि हातपात भएको तथा स्थानीय पुर्णबहादुर राई घाईते भएको विषयलाई राजनीतिकरण गरिएको हो ।

    सो घटनालाई लिएर कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन दल पुर्वसांसद राईको पक्षमा र एमाले पुर्णबहादुरको पक्षमा उभिएर आरोप प्रत्यरोपमा उत्रिएका छन् ।

    गठबन्धन दलले पुर्वसांसद राईमाथि आक्रमण भएको भन्दै बिहिबार बिज्ञाप्तीमार्फत दोषीमाथि कारबाही माग गरेको छ । एमालेले पनि विज्ञाप्तीमार्फत पुर्व सांसद राई, विवेक राई, पदमा बिक लगायत चार जनाले पुर्णबहादुरलाई मरणासन्न हुनेगरी कुटपिट गरी घाईते बनाएर उल्टै आक्रमण गरेको आरोप लगाएको जनाएको छ ।

    कुटपिटबाट घाइते भएका पुर्णबहादुरलाई जालपा सामुदायीक अस्पतालमा सामान्य उपचार गरेपछि जिल्ला अस्पताल लगिएको थियो । उनको टाउकोमा चार टाँका चोट लागेको छ । घाँटीमा चोट तथा अनुहारमा निलडाम लागेको देखिएको छ । टाउकोमा चोट लागेको भन्दै जिल्ला अस्पतालले रेफर गरेपछि उनलाई बिहिबार साँझ काठ्माण्डौं पठाइएको छ ।

    पुर्वसांसदमाथि आक्रमण गर्ने भनिएकै व्यक्ति घाइते भएर अस्पतालमा भर्ना भएकाले घटनालाई कुप्रचार गरी ढाकछोपको प्रयत्न गरिएको एमालेको विज्ञाप्तीमा उल्लेख छ । ‘घटना योजनावद्ध र सुनियोजित देखिन्छ ।

    घटनालाई छिपाउन र अन्यत्र मोड्न विभिन्न किसिमका कुप्रचार गरी सत्यतथ्यलाई कमजोर बनाउन विभिन्न बाहनाबाजी गरेको देखिन्छ,’ एमाले अध्यक्ष रामप्रसाद दंगालले जारी गरेको विज्ञाप्तीमा भनिएको छ, ‘घाइतेको शिघ्र उपचारको व्यवस्था मिलाइ दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सम्वन्धित निकाय समक्ष जोडदार माग गर्दछौँ ।’

    यस्तै, गठबन्धनकातर्फबाट कांग्रेस सभापति बिष्णुकुमार राई, माओवादी केन्द्रका जिल्ला संयोजक दिपक पाण्डे, नेकपा एसका अध्यक्ष जलसेर राई र जनता समाजवादीका अध्यक्ष टंक थापाले संयुक्त विज्ञाप्ती जारी गर्दै पुर्वसांसद राईमाथि अराजक, उच्छृंखल व्यक्तिद्धारा गाली बेइज्जत गर्ने, सांघातिक आक्रमण गर्ने निन्दनीय कार्य भएको भन्दै घोर भत्र्सना गरेका छन् ।

    ‘कानुन हातमा लिएर भौतिक आक्रमण गर्ने, धाक धम्की दिने र त्रासदीपुर्ण गतिविधि गरिनु अशोभनिय र अक्षम्य कार्य हो,’ विज्ञाप्तीमा भनिएको छ, ‘यस घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाही गर्न प्रशासन समक्ष जोडदार माग गर्दछौँ ।’

    पुर्वसांसद राईले खाना खाएर सुत्ने तरखर गरिरहेकाबेला नजिकै बन्दुकले हान्ने भन्दै हो–होल्ला गरेपछि गएर सम्झाउन खोज्दा आक्रमण भएको बताए ।

    तर एमाले जालपाका वडाध्यक्षका उम्मेदवार पवन राईले पुर्णबहादुरलाई होटलमा कुटपिट गरेपछि उल्टै आक्रमणको आरोप लगाएको दावी गरेका छन् ।

    पुर्णबहादुरमाथि स्थानीय तहको निर्वाचनमा मतदानस्थलको बार तोडेको, विजय जुलुसमाथि बोत्तल हानेको लगायतका आरोप छ । कुटपिटमा संलग्न भएको भन्दै पुर्णबहादुर पक्षले पुर्वसांसद राई सहित ६ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बताएका छन् ।

    घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । ‘जसले आक्रमण गर्‍यो भनिएकोछ त्यही घाइते छ, तर दुव्र्यवहारमा पर्ने व्यक्ति सकुशल हुनुहुन्छ,’ लम्सालले भने, ‘उहाँहरुबीचमा पार्टीगत हिसावले समस्या भएको हो वा अन्य कारणले भएको भन्ने बारेमा वास्तविकता बुझिरहेका छौँ ।’

    सम्बन्धित समाचार