Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास

    खोटाङ : विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास


    • बिहिवार, जेठ १२ २०७९

    • नेपाल वाइड


    खोटाङ : विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास
    सांकेतिक तस्बिर

    खोटाङ, १२ जेठ । विद्यालय जाँदै गरेको अवस्थामा खोटाङमा ९ वर्षीय छात्रामाथि बलात्कार प्रयास भएको छ । बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा खोटेहाङ गाउँपालिकाकी विक थरकी छात्रामाथि बलात्कार प्रयास भएको हो ।

    कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा आफ्नै घर नजिकै यौन दुव्र्यवहारको शिकार भएकी हुन् । बालिकालाई खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधानले बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । चिच्याएर प्रतिकार गरेपछि बालिका बलात्कारबाट जोगिन सफल भएको स्थानीयले बताएका छन् ।

    स्थानीयका अनुसार छात्राको आमा आफन्तकोमा खेताला गएकी थिईन् । उनका दाजु हातखुट्टा धुन धारामा गएपछि बालिका भने विद्यालय जाँदै थिईन् । बाटोमा भुवनले रुखबाट स्याउला झारिरहेका थिए ।

    बालिकालाई देखेपछि भुवनले पर्खन लगाएर नजिकै खोल्सीमा लगेर बलात्कार प्रयास गरेको आफन्तले बताएका छन् । कपडा र पेन्टको टाँक खोल्न खोज्दा बालिकाले चिच्याएर प्रतिकार गरेकी थिईन् तर चिच्याउँदा आरोपितले बालिकाको मुख थुनिदिएको पिडितको भनाई छ ।

    रोइकराई गरेपछि फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना बाहिर सार्वजनिक भएको हो । घटना लगत्तै पिडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पिडक र पिडित पक्ष राखेर माफ मगाएर मिलापत्र गराइएको थियो ।

    तर अन्य आफन्तको सल्लाहमा पिडित परिवारले इलाका प्रहरी कार्यालय खोटाङबजारमा जाहेरी दिन पुगेपछि आरोपित भवन फरार छन् । घटनामा न्यायका लागि पिडित परिवार सिधै प्रहरीकहाँ पुग्न नसकेको पाइएको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।

    पिडक विरुद्ध उजुरी परेपछि ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीको टोलीले राती नै घटनास्थल पुगेर मुचुल्का तयार पारेको छ ।

    थप कानुनी प्रकृयाका लागि पिडित पक्षलाई जिल्ला प्रहरी कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । आरोपितले यसअघि पिडित बालिकाकी दिदिलाई समेत यौन दुव्र्यवहार गरेको आफन्तले दावी गरेका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

    सम्बन्धित समाचार