Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पेट्रोलिय पदार्थको मुल्य वृद्धि खारेजको माग गर्दै विरोध कार्यक्रम

    पेट्रोलिय पदार्थको मुल्य वृद्धि खारेजको माग गर्दै विरोध कार्यक्रम


    • मंगलवार, जेठ १० २०७९

    • नेपाल वाइड


    पेट्रोलिय पदार्थको मुल्य वृद्धि खारेजको माग गर्दै विरोध कार्यक्रम
    पेट्रोलिय पदार्थको मुल्य वृद्धि खारेजमा अनेरास्वबियु र युवा संघले आयोजना गरेको विरोध र्‍याली ।

    खोटाङ, १० जेठ । पेट्रोलिय पदार्थको मुल्या वृद्धि खारेजको माग गर्दै खोटाङमा एमाले निकट अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम गरेको छ । सरकारले छोटो समयमा पटक–पटक पेट्रोलिय पदार्थको मुल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम मंगलबार विरोध कार्यक्रम गरेको हो ।

    पेट्रोलिय पदार्थको मुल्य वृद्धिको विरोधमा अनेरास्वबियु र युवा संघले दिक्तेलको भवनगैरास्थित एमाले पार्टी कार्यालयबाट त्रिबेणीचोकसम्म सरकार बिरुद्ध नाराबाजी गर्दै बिरोध र्‍याली निकालेको थियो । अनेरास्वबियु र युवा संघले पेट्रोलिय पदार्थको मुल्य घटाएर नागरिकलाई राहतको महसुस गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    कोणसभालाई सम्बोधन गर्दै अनेरास्वबियुका केन्द्रिय सचिवालय सदस्य नेता ओमप्रकाश घिमिरे र पुर्वकेन्द्रिय सदस्य दिपक ठटालले सरकारले पेट्रोलिय पदार्थको मुल्य नघटाए आन्दोलन थप शसक्त बनाउने चेतावनी दिएका छन् ।

    सम्बन्धित समाचार