Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङका पहिलो महिला मेयरको पहिलो कदम–‘अशक्तलाई निःशुल्क स्वास्थ्य बिमा’

    खोटाङका पहिलो महिला मेयरको पहिलो कदम–‘अशक्तलाई निःशुल्क स्वास्थ्य बिमा’

    नगर योजना आयोग गठन, विज्ञ समुहद्धारा नगर स्तरिय सम्पदा तथा संस्कृति संरक्षण परिषद गठन सम्वन्धी अवधारणा विकास गर्ने योजना अघि सारेकी छन् ।

    • सोमवार, जेठ ९ २०७९

    • नेपाल वाइड


    खोटाङका पहिलो महिला मेयरको पहिलो कदम–‘अशक्तलाई निःशुल्क स्वास्थ्य बिमा’
    कार्ड वितरण गरेर निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गर्दै मेयर विमला राई ।

    खोटाङ, ९ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नयाँ मेयर निर्वाचित भएर आए लगत्तै शारीरिक रुपमा अशक्त, एकल नागरिक र अभिभावक बिहिन बालबालिकाको लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ ।

    नवनिर्वाचित मेयर बिमला राईले सोमबार पदभार ग्रहण लगत्तै एकल महिला, एकल पुरुष, विधुवा, विधुर, ‘ख, ग र घ’ बर्गको अपांगता भएका नागरिक तथा अभिभावक विहिन बालबालिकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो ।

    हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका (ग) वर्गको अपांगता भएका रमला राई र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका बिधुर दर्जीमान परियारलाई निःशुल्क स्वास्थ्य बीमाको कार्ड हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिएको छ ।

    एक पटक स्वास्थ्य बीमा गरेपछि बार्षिक न्यूनतम ३ हजार ५०० रुपैयाँ तिरेर स्वास्थ्य बीमा कार्ड नवीकरण गर्ने व्यवस्था छ । तर शारीरिक रुपमा अशक्त, एकल नागरिक र अभिभावक गुमाएका बालबालिकाको स्वास्थ्य बीमाको नवीकरण नगरपालिकाकोतर्फबाट गर्ने व्यवस्था मिलाइएको नवनिर्वाचित मेयर राईले बताईन् ।

    नगर अस्पताल निर्माण गरेर आफ्नै नगरपालिकामा स्वास्थ्य बीमा वापतको स्वास्थ्य सेवा उपलव्ध गराउने गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अघि सारिएको जनाइएको छ ।

    ११ वडा रहेको नगरपालिकामा एकल महिला र बिधुवा ७ सय जना छन् । (ख) वर्गका अपांगता भएका व्यक्ति ११७ जना, (ग) वर्गका अपांगता भएका व्यक्ति ६८ जना र (घ) वर्गका अपांगता भएका व्यक्ति ६३ जना छन् ।

    बिधुर र अभिभावक बिहिन बालबालिकाको संख्या संकलन भइरहेको मेयर राईले बताईन् । यस्तै, नगरका ज्येष्ठ नागरिकलाई घरैमा स्वास्थ्य उपचार सेवाको व्यवस्था गर्ने निर्णय गरिएको मेयर राईले बताईन ।

    यस्ता छन् नवनिर्वाचित मेयरका पाँच योजना

    २०७४ सालमा उपमेयर बिजयी भएकी राई यसपल्ट मेयरमा विजयी भएकी हुन् । मेयर राईले सोमबार उपमेयर रमेश राउत, वडाध्यक्ष लगायतलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।

    मेयर राईले पदभार ग्रहण लगत्तै नगरपालिकाको विकास र संमृद्धिका लागि विभिन्न पाँच बुँदे योजना अघि सारेकी छन् । नगर योजना आयोग गठनदेखि कृषि, पर्यटनका माध्यमबाट नगरबासीलाई स्वरोजगार बनाउनेसम्मका योजना अघि सारेकी हुन् ।

    १. नगर योजना आयोग गठन, विज्ञ समुहद्धारा नगर स्तरिय सम्पदा तथा संस्कृति संरक्षण परिषद गठन सम्वन्धी अवधारणा बिकास गर्ने ।

    २. नागरिकमाथि शासनका लागि प्रशासन होईन, आधुनिक प्रविधि व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाह सहित संस्थागत संरचनाको विकास गर्ने ।

    ३. प्राविधिक शिक्षालाई जोड दिँदै केही आधारभुत विद्यालय तहमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरुवात गर्ने ।

    ४. नगरपालिकाभित्रका एकल महिला, एकल पुरुष, विधवा, बिधुर, अपांगता भएका व्यक्ति र अभिभावक गुमाएका बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा गरी नगर अस्पतालमार्फत सेवा प्रदान र ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा प्रदान गर्ने ।

    ५. नागरिकलाई कृषि, पर्यटनमा संलग्न गराई कपास खेती, पशुपालन क्षेत्रमा स्वरोजगार बनाइने ।

     

    सम्बन्धित समाचार