Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङमा माझी समुदायबाट दुई वडा सदस्य विजयी

    खोटाङमा माझी समुदायबाट दुई वडा सदस्य विजयी


    • आइतवार, जेठ ८ २०७९

    • नेपाल वाइड


    खोटाङमा माझी समुदायबाट दुई वडा सदस्य विजयी
    बीरबहादुर माझी र सोमबहादुर माझी ।

    खोटाङ, ९ जेठ । स्थानीय तहको निर्वाचनबाट खोटाङमा माझी समुदायका दुई जनप्रतिनिधि चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका बीरबहादुर माझी वडा सदस्यमा विजयी भएका हुन् ।

    ३७ वर्षीय माझीले कांग्रेसकातर्फबाट ७०२ मत ल्याएर वडा सदस्य जितेका हुन् । निर्वाचनको मुखमा कांग्रेसबाट एमाले प्रवेश गरेका बीरबहादुरले ४२३ मत पाएर विजयी भएका हुन् । बीरबहादुर पुर्वहवल्दार हुन् ।

    बडहरेमा खुला सदस्यमा एमालेका भेषबहादुर खत्री र दलित महिला सदस्यमा रमिला परियार विजयी हुँदा वडाध्यक्षमा कांग्रेसका किशोरकुमार बस्नेत र महिला सदस्यमा गंगादेबी दाहाल विजयी भएका छन् ।

    पाँच वर्ष साउदीअरब बसेर दुई वर्षअघि गाउँ फर्किएका सोमबहादुरले गाउँको सेवा गर्नका लागि जनप्रतिनिधि बनेको बताए । विगतमा कांग्रेसमा आस्था राख्दै आएका माझीले दुई वर्षअघि मात्र क्रियासिल सदस्यता लिएका हुन् ।

    ‘पाँच वर्ष विदेशमा बसेँ । अव विदेश जान्न यही ठाउँको सेवा गर्छु,’ माझीले भने, ‘पछि परेको समुदायको उत्थानमा समय खर्च गर्ने छु ।’ लामीडाँडामा कांग्रेसका चार वडा सदस्य बिजयी हुँदा वडाध्यक्षमा भने एमालेका बिरेन्द्र मगर निर्वाचित भएका छन् ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी नामको अर्कै उम्मेदवार वडासदस्यमा विजयी भएका थिए । यस्तै दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भँडारेघाटका ज्ञानबहादुर माझी कार्यपालिका सदस्यमा मनोनित भएका थिए ।

    जिल्लाको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाट लगायतका सुनकोसी र दुधकोसी किनारमा डुंगा चलाउने र माछा मार्ने पुर्खौली पेशा भएका माझी समुदायले राज्यबाट अवशर नपाएको गुनासो गर्दैआएका छन् ।

    माझी समुदायबाट दुईजना निर्वाचित हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक ।

    सम्बन्धित समाचार