Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    ऐसेलुखर्क : अन्तर पालिका र जिल्ला जोड्ने बेलिब्रिज राख्ने नवनिर्वाचितको निर्णय

    ऐसेलुखर्क : अन्तर पालिका र जिल्ला जोड्ने बेलिब्रिज राख्ने नवनिर्वाचितको निर्णय


    • शनिवार, जेठ ७ २०७९

    • खेमराज पुरी


    ऐसेलुखर्क : अन्तर पालिका र जिल्ला जोड्ने बेलिब्रिज राख्ने नवनिर्वाचितको निर्णय
    नवनिर्वाचित ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई ।

    खोटाङ, ७ जेठ । नयाँ जनप्रतिनिधि निर्वाचित भएलगत्तै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अन्तरपालिका र अन्तर जिल्ला जोड्ने बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको छ ।

    नव निर्वाचित जनप्रतिनिधिको पदभार तथा गोपनीयताको सथप ग्रहण लगत्तै शुक्रबार बसेको बैठकले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका जोड्ने दुधकोसी तथा ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलको बारियोसिस्ने र केपिलासगढी गाउँपालिका जोड्ने रावाखोलामा बेलिब्रिज राख्ने निर्णय गरेको हो ।

    नवनिर्वाचित अध्यक्ष गिरेन्द्रबहादुर राईको अध्यक्षतामा बसेको बैठकले ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका लाभग्राहीले पाउने सामाजिक सुरक्षाभत्ता बैंकसँगको सहकार्यमा घरदैलोमै पुर्‍याएर वितरण गर्ने व्यवस्थाका लागि कार्यपालिकाबाट अनुमोदन गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा राई र उपाध्यक्षमा राजेश राजभण्डारी विजयी भएका छन् ।

    सम्बन्धित समाचार