शुक्रवार, जेठ ६ २०७९
नेपाल वाइड
खोटाङ, ६ जेठ । खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएको केही समयपछि मुख्या निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दुई नगरपालिका र आठ गाउँपालिकाका नवनिर्वाचित प्रमुखलाई शपथ खुवाएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई, खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेबी राई, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा, रावाबेँसी गाउँपालिकाका फटिकुमार श्रेष्ठ र साकेला गाउँपालिकाका अध्यक्ष रबिप्रकाश राईले शपथ लिएका हुन् ।
नवनिर्वाचित जनप्रतिनिधिलाई मुख्या निर्वाचन अधिकृत एबं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले शपथ खुवाएका हुन् । मुख्य निर्वाचन अधिकृतबाट शपथ खाएका पालिका प्रमुखले आ–आफ्नो पालिकाका उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।