Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटेहाङमा बागी उम्मेदवार वडाध्यक्षमा विजयी

    खोटेहाङमा बागी उम्मेदवार वडाध्यक्षमा विजयी


    • शुक्रवार, जेठ ६ २०७९

    • नेपाल वाइड


    खोटेहाङमा बागी उम्मेदवार वडाध्यक्षमा विजयी
    विजयी स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर थापा ।

    खोटाङ, २ जेठ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीमा स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर थापा विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित थापा यस निर्वाचनमा स्वतन्त्रबाट उठेर विजयी भएका हुन् ।

    उनी एमालेका कृष्णबहादुर खड्कालाई ८९ मतले पछि पार्दै वडाध्यक्षमा चुनिएका हुन् । थापाले ५७३ मत र खड्काले ४८४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    थापा दोश्रो कार्यकालका लागि वडाध्यक्षका उम्मेदवारका आकांक्षी थिए । तर कांग्रेसले सुशिल उदासलाई उम्मेदवार बनाएपछि थापाले बागी उम्मेदवारी दिएका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार उदासले १२४ मत पाएका छन् ।

    उम्मेदवार छनौटमा नेतृत्वबाट गलत निर्णय भएको भन्दै कांग्रेसको वडा कार्यसमितिका सभापति गणेश खड्का सहित १२ जनाले गत १४ बैसाखमा संयुक्त विज्ञाप्तीमार्फत कांग्रेसको साधारण सदस्य समेत नरहने घोषणा गरेका थिए ।

    संकटको समयमा जितेको र संगठन बनाएको ठाउँमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनु परेको थापाले बताए । सो वडामा राप्रपाका राविज भुजेलले ७ मत पाएका छन् ।

    आधिकारिक उम्मेदवार बिरुद्ध बागी उठेको भन्दै कांग्रेसले थापालाई विधान २०१७ (संसोधन सहित)को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्यता नरहने गरी निष्कासनको घोषणा गरिसकेको छ । थापा कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् ।

    सम्बन्धित समाचार