Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    हलेसी तुवाचुङको मेयरमा कांग्रेसका बिमलाको अग्रता कायम

    हलेसी तुवाचुङको मेयरमा कांग्रेसका बिमलाको अग्रता कायम


    • बुधवार, जेठ ४ २०७९

    • नेपाल वाइड


    हलेसी तुवाचुङको मेयरमा कांग्रेसका बिमलाको अग्रता कायम
    मेयरमाका उम्मेदवार बिमला राई ।

    खोटाङ, ४ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार बिमला राईले अग्रता कायम राखेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–१, २, ३, ४, ५, ८, ९, १० र ११ को मत परिणाम आइसक्दा उनी एमालेका खडेन्द्र राईभन्दा २०६ मतले अघि छन् । बिमलाले ५०७८ र खडेन्द्रले ४८७२ मत पाएका छन् । जिल्लाको दुई नगरपालिकामध्ये बिमला मेयरको चुनावी मैदानमा उत्रिएकी एक्ली महिला हुन् । उनी निवर्तमान उपमेयर पनि हुन् ।

    उपमेयरमा पनि कांग्रेसका रमेश राउत अगाडि छन् । राउतले हालसम्म ५००१ मत पाउँदा माओवादी केन्द्रको अमेम्बर राईले ४७२६ मत पाएका छन् । गणना सकिएका नौ वडामध्ये दुई वडा बाहेक अन्य वडामा कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

    बाँकी दुई वडाको नजिता साँझसम्ममा आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हलेसी तुवाचुङमा २० हजार ९२१ मतदाता छन् । जिल्लाका १० स्थानीय तहमध्ये अन्यको नतिजा सार्वजनिक भइसकेको छ ।

    सम्बन्धित समाचार