बुधवार, जेठ ४ २०७९
नेपाल वाइड
खोटाङ, ४ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । जिल्लाको सबैभन्दा ठूलो र साविकको सदरमुकाम दिक्तेल रहेको नगरपालिकामा गठबन्धनकातर्फबाट उठेका कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएका हुन् ।
भट्टराई एमालेका मेयरका उम्मेदवार कुमार आचार्यलाई ४३९३ मतले पछि पार्दै मेयरमा बिजयी बनेका हुन् । भट्टराईले ११३८९ मत पाउँदा आचार्यले ६९९६ मत पाएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपमेयर बिसनले १०४३८ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका बिणादेबी राईले ७३१९ मत पाएका छन् । उनीहरुको मतान्तर ३१९९ छ । २०७४ सालको स्थानीय तहमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एमाले विजयी भएको थियो । बिणादेबी निवर्तमान उपमेयर हुन् ।
यस नगरपालिकामा राप्रपाका जीवनकुमार श्रेष्ठले ४०१ र खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सुवास राईले १० मत पाएका छन् । राप्रपाका उपमेयका उम्मेदवार चन्द्रकुमारी राईले ५६२ मत पाएका छन् ।
१५ वडा रहेको नगरपालिकामा कांग्रेसका चार, माओवादी केन्द्रका छ र जसपाका दुई वडाध्यक्ष निर्वाचित भएका छन् । गठबन्धनका वावजुद एमालेका तीन वडाध्यक्ष निर्वाचित भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा कांग्रेसका नवराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा माओवादी केन्द्रका ध्रुवबिक्रम राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ सोल्मामा एमालेका महेन्द्रबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा माओवादी केन्द्रका खगेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा कांग्रेसका दिनेश घिमिरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा माओवादी केन्द्रका माधव राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा कांग्रेसका हरिप्रसाद चौंलागाई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा एमालेका लिलाकुमार चौहान विजयी भएका छन् ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा माओवादी केन्द्रका दिनेश कठेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा जसपाका मुगाधन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जसपाका इखबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा माओवादी केन्द्रका माओवादी केन्द्रका दानबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा माओवादी केन्द्रका भगेश्वर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा एमालेका दिनेश राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा कांग्रेसका रामबादुर कट्वाल विजयी भएका छन् ।