Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

    खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी


    • मंगलवार, जेठ ३ २०७९

    • नेपाल वाइड


    खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
    अध्यक्षमा विजयी उदिमबहादुर राई र उपाध्यक्षमा विजयी रुपेश राई ।

    खोटाङ, २ जेठ । खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनकातर्फबाट अध्यक्षमा उठेका माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा उठेका कांग्रेसका रुपेश राई विजयी भएका हुन् । एमालेका उम्मेदवार कविता राईभन्दा ३८ मत बढी ल्याएर उदिमबहादुर अध्यक्षमा विजयी भएका हुन् ।

    उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा विजयी रुपेशले ३७६३ मत पाएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी एमालेका राजन बञ्जराले ३३१० मत पाएका छन् ।

    अध्यक्षका निकटतम प्रतिद्धन्द्धी राई निवर्तमान उपाध्यक्ष हुन् । खोटेहाङ एमाले प्रमुख सचेतक बिशाल भट्टराईको गृहपालिका हो । सो पालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको थियो ।

    खोटेहाङ गाउँपालिका–१ सावाकटहरेमा धनबहादुर महाराजी खड्का, खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा माओवादी केन्द्रका पारस राई, खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा कांग्रेसका जेफर राई, खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा एमालेका तिलकबहादुर बस्नेत, खोटेहाङ गाउँपालिका–५ चिप्रिङमा माओवादी केन्द्रका किरण राई, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा माओवादी केन्द्रका बशन्त राई, खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा एमालेका शिबप्रसाद फुयाँल, खोटेहाङ गाउँपालिका–८ सिमपानीमा स्वतन्त्रबाट चन्द्रबहादुर थापा र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा माओवादी केन्द्रका इन्द्रबहादुर राई वडाध्यक्षमा विजयी भएका छन् ।

    सम्बन्धित समाचार