Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एमाले विजयी

    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एमाले विजयी


    • मंगलवार, जेठ ३ २०७९

    • नेपाल वाइड


    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एमाले विजयी
    अध्यक्षमा विजयी लोकेन्द्र राई र उपाध्यक्षमा विजयी अरुणा थापा मगर ।

    खोटाङ, २ जेठ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा मगर विजयी भएका हुन् ।

    कांग्रेसका नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै लोकेन्द्र अध्यक्षमा विजयी भएका हुन् । लोकेन्द्रले २८०३ र नइन्द्रले २१६२ मत पाएका छन् । यस्तै, उपाध्यक्षमा मगरले २७३३ मत पाएका छन् ।

    उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी रमा कट्वालले २३१२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले २०९३ मत र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्रीले १७०६ मत पाएका छन् । दिप्रुङ चुईचुम्मामा कांग्रेस र माओवादी केन्द्र गठबन्धन नगरी चुनावमा लडेको थियो ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा कांग्रेसका केशवकुमार खत्री, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा कांग्रेसका बद्री कट्वाल, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा भुपेन्द्र बस्नेत, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा एमालेका बबेन्द्र राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा कांग्रेसका डम्बरहादुर खड्का, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा एमालेका मिलन राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा एमालेका गन्धमान मगर वडाध्यक्षमा निर्वाचित भएका छन् ।
    अध्यक्षमा विजयी लोकेन्द्र राई र उपाध्यक्षमा विजयी अरुणा थापा मगर ।

    सम्बन्धित समाचार