Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    बागी उम्मेदवारीले एमालेका गिरेन्द्रलाई राहत

    बागी उम्मेदवारीले एमालेका गिरेन्द्रलाई राहत


    • मंगलवार, जेठ ३ २०७९

    • नेपाल वाइड


    बागी उम्मेदवारीले एमालेका गिरेन्द्रलाई राहत
    गाउँपालिका अध्यक्षमा निर्वाचित गिरेन्द्रबहादुर राई र बागी उम्मेदवार सन्तबीर तामाङ ।

    खोटाङ, २ जेठ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठबन्धनबाट माओवादी केन्द्रका श्रीबहादुर राई अध्यक्षका उम्मेदवार बनाइए ।

    तर गठबन्धनको निर्णयप्रति असहमती जनाउँदै कांग्रेसका गाउँपालिका सभापति सन्तबीर तामाङले स्वतन्त्र उम्मेदवारी दिए । सम्झाइ बुझाई गर्दा पनि उनको मनोनयन पत्र फिर्ता भएन ।

    गठबन्धनका उम्मेद्वार बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका तामाङलाई कांग्रेसले कारबाही स्वरुप आफ्नो विधान, २०१७ (संशोधन सहित)को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्य समेत कायम नरहनेगरी निष्कासन गर्‍यो । तिनै बागी उम्मेदवार तामाङले १००७ मत पाएका छन् ।

    तामाङकै बागी उम्मेदवारीका कारण ऐसेलुखर्क गाउँपालिकामा गठबन्धनका अध्यक्षका उम्मेदवार पराजित हुन पुगेका छन् । गठबन्धनको भोट काटिएका कारण एमालेका उम्मेदवार गिरेन्द्रबहादुर राईले अध्यक्षमा बाजी मार्ने मौका पाएका छन् ।

    उनी गठबन्धनका श्रीबहादुरभन्दा १२६ मत बढि ल्याएर बिजयी भएका हुन् । गीरेन्द्रबहादुरले २६०६ मत पाउँदा श्रीबहादुरले २४८० मत पाएको निर्वाचन अधिकृत रमाकान्त यादवले बताए । उपाध्यक्षमा गठबन्धनकातर्फबाट उठेका कांग्रेसका राजेश राजभण्डारी बिजयी भएका छन् ।

    राजभण्डारीले ३१४६ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी पुष्पकला भुजेलले २५९५ मत पाएकी छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी भुजेल यसपल्ट पराजित भएकी हुन् ।

    ऐसेलुखर्क गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका बिश्वनाथ निरौला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । यसअघिको चुनावमा जित्ने पार्टीलाई सम्वन्धित स्थानीय तहको प्रमुख दिने शर्तमा गठनबन्धन गरिएको भए पनि माओवादी केन्द्रलाई प्रमुख दिने सहमती गरेकाले स्वतन्त्र उम्मेद्वारी दिनुपरेको तामाङ बताउँछन् ।

    जिल्ला कार्य समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर लिनेगरी ऐसेलुखर्कको प्रमुख माओबादी केन्द्रलाई छाडेको उनको गुनासो छ । तामाङको स्वतन्त्र उम्मेद्वारीका पछाडि केही समयअघि कांग्रेस कार्यकर्तामाथि माओवादी सम्वद्ध कार्यकर्ताले गरेको आक्रमणको असन्तुष्टी समेत जोडिएको छ ।

    सम्बन्धित समाचार