Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बालेन शाहको हारजितको विषयमा खसी बाजी राख्ने दुई युवा पक्राउ

    बालेन शाहको हारजितको विषयमा खसी बाजी राख्ने दुई युवा पक्राउ


    • सोमवार, जेठ २ २०७९

    • नेपाल वाइड


    बालेन शाहको हारजितको विषयमा खसी बाजी राख्ने दुई युवा पक्राउ
    प्रतिकात्मक तस्बिर

    खोटाङ, २ जेठ । काठ्माण्डौंका मेयरका उम्मेदवार बालेन शाहको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राख्ने लिखित कागज गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका बिजय फुयाल र रमेश खड्कालाई पक्राउ गरेको हो ।

    हारजितलाई लिएर सट्टेबाज गरेको कागजपत्र सार्वजनिक भएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । बिजय ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश ‘हार्छ’ भन्ने पक्षमा छन् ।

    बालेनले जितेमा रमेशले बिजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा बिजयले रमेशलाई २८ केजीको खसीको मासु बराबरको रकम दिने कागजमा उल्लेख छ ।

    दुई युवाले अन्य तीन जनालाई रोहबर राखेर लिखित बाजी राखेको विषय सार्वजनिक भएको थियो । सो सट्टेबाज सम्वन्धी कागज सामाजिक सञ्जालमा भाइरल भएको थियो । जुनसुकै विषयमा बाजी राख्नु कानुन विपरितको कार्य भएकाले उनीहरुलाई पक्राउ गरिएको डिएसपी लम्सालले बताए ।

    ‘फलानोले जित्यो भने यती गर्छु, उति गर्छु भनेर बाजी राख्नु भनेको सट्टेवाज नै हो । यो गर्न पाइदैन,’ लम्सालले भने, ‘सामान्य हिसावले हेर्दा यो सामान्य विषयवस्तु हो तर कानुनका हिसावले हेर्दा यो अपराध हो ।’

    सम्बन्धित समाचार