Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    जसपाका केन्द्रिय सदस्य वडा सदस्यमा निर्वाचित

    जसपाका केन्द्रिय सदस्य वडा सदस्यमा निर्वाचित


    • सोमवार, जेठ २ २०७९

    • नेपाल वाइड


    जसपाका केन्द्रिय सदस्य वडा सदस्यमा निर्वाचित
    वडा सदस्यमा निर्वाचित सन बहादुर राई ।

    खोटाङ, २ जेठ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई खोटाङको साकेला गाउँपालिका–२ रतन्छाको वडा सदस्य निर्वाचित भएका छन् ।

    २५ वर्षअघि भएको स्थानीय निकायको निर्वाचनबाट रछन्छाको गाबिस अध्यक्ष चुनिएका राई यसपल्ट वडा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३२५ मत पाएका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठनबन्धनको सहमती अनुसार उनी जिल्ला समन्वय समितिमा जानेगरी वडा सदस्यमा उठेका हुन् ।

    उसो त उनी २०६४ र २०७० सालको संविधानसभा सदस्यमा पनि उठेका थिए । केही समयअघि मात्र उनी दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्षको भूमीकाबाट बिदा भएका हुन् ।

    राई २०५४ सालमा एमालेबाट गाबिस अध्यक्ष निर्वाचित भएका थिए । गाबिसको पञ्चवर्षीय योजना बनाए, भिलेज प्रोफायल बनाए जुन काम जिल्लामै पहिलोपल्ट भएको थियो । तत्कालिन गाबिसलाई नमूना बनाउन पहल गरे वापत उनले तत्कालिन जिल्ला परिषदबाट उत्कृष्ट गाबिस अध्यक्षको रुपमा सम्मान पाएका थिए ।

    सम्बन्धित समाचार