Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    कांग्रेस (प्रदेश ख) सभापति घिमिरे वडाध्यक्षमा निर्वाचित

    कांग्रेस (प्रदेश ख) सभापति घिमिरे वडाध्यक्षमा निर्वाचित


    • सोमवार, जेठ २ २०७९

    • नेपाल वाइड


    कांग्रेस (प्रदेश ख) सभापति घिमिरे वडाध्यक्षमा निर्वाचित
    वडाध्यक्षमा निर्वाचित दिनेश घिमिरे ।

    खोटाङ, २ जेठ । नेपाली कांग्रेस खोटाङ समिति (प्रदेश ख)का सभापति दिनेश घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन् । घिमिरे ३६५ मत ल्याएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका गोबिन्द कट्वालले २७३ मत पाएका छन् ।

    निर्वाचनमा घिमिरेको प्यानल नै बिजयी भएको छ । सो वडामा जनता समाजवादी पार्टीका भुपराज राईले २७६, नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले २५५, माओवादी केन्द्रका प्रेम कटुवालले १८५ र राप्रपका इन्द्र राईले १४ मत पाएका छन् ।

    यस्तै, कांग्रेस खोटाङ क्षेत्रीय कार्य समिति (प्रदेश क)को सभापति राजेन्द्र राई भने वडाध्यक्षमा पराजित भएका छन् । राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको वडाध्यक्षमा उठेका थिए । उनलाई ९९ मतले पछि पार्दै एमालेका महेन्द्रबहादुर राई वडाध्यक्षमा बिजयी भएका छन् ।

    राजेन्द्रले ३५३ मत ल्याउँदा महेन्द्रबहादुरले ४५२ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो वडामा माओवादी केन्द्रका उम्मेदवार जमानसेर राईले ३५० मत प्राप्त गरेका छन् ।

    सम्बन्धित समाचार