Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    केपिलासगढीको अध्यक्षमा कांग्रेसका समिर र उपाध्यक्षमा जसपाका गुरुराज बिजयी

    केपिलासगढीको अध्यक्षमा कांग्रेसका समिर र उपाध्यक्षमा जसपाका गुरुराज बिजयी


    • सोमवार, जेठ २ २०७९

    • नेपाल वाइड


    केपिलासगढीको अध्यक्षमा कांग्रेसका समिर र उपाध्यक्षमा जसपाका गुरुराज बिजयी
    अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राई ।

    खोटाङ, २ जेठ । खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार माईतीराज राईलाई पछि पार्दै समिर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

    समिरले २२४४ मत पाउँदा माइतीराजले १८०८ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले बताए । समिर २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा पराजित भएका थिए । अध्यक्षका निकटतम प्रतिद्धन्द्धी माइतीराज कांग्रेस बाहेकको गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

    उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार गुरुराज राई विजयी भएका छन् । उनले १९८३ मत प्राप्त गरेका छन् । उपाध्यक्षका निकटतम प्रतिद्धन्द्धी एमालेकी मैयाँ सुनुवारले १७६१ मत पाएका छन् ।

    निवर्तमान गाउँपालिका अध्यक्ष एमालेका कृष्णकुमार राईले १७४४ मत प्राप्त गरेका छन् । केपिलासगढीमा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन छ । गठबन्धनबाट अध्यक्षमा माइतीराज र उपाध्यक्षमा गुरुराज उम्मेदवार बनेका थिए ।

    केपिलासगढी गाउँपालिका–१ फेदीमा कांग्रेसका नविनकुमार राई, केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा नेकपा एकीकृत समाजवादीका मिलनकुमार राई, केपिलासगढी गाउँपालिका–३ बासपानीमा नेकपा एकीकृत समाजवादीका तुलाराम राई, केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा माओवादी केन्द्रका खड्गबहादुर तामाङ, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरछितापोखरीमा माओवादी केन्द्रका हिमालभक्त राई, केपिलासगढी गाउँपालिका–६ दिप्सुङमा कांग्रेसका गोपाल राई र केपिलासगढी गाउँपालिका–७ सुंदेलमा माओवादी केन्द्रका तेजकुमार राई विजयी भएका छन् ।

    सम्बन्धित समाचार