Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ऐसेलुखर्क गाउँपालिकामा एमालेका गीरेन्द्र बिजयी

    ऐसेलुखर्क गाउँपालिकामा एमालेका गीरेन्द्र बिजयी


    • सोमवार, जेठ २ २०७९

    • नेपाल वाइड


    ऐसेलुखर्क गाउँपालिकामा एमालेका गीरेन्द्र बिजयी
    अध्यक्षमा बिजयी गीरेन्द्रबहादुर राई

    खोटाङ, २ जेठ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा एमालेका उम्मेदवार गीरेन्द्रबहादुर राई अध्यक्षमा बिजयी भएका छन् । गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीबहादुर राईलाई १२६ मतले पछि पार्दै गीरेन्द्रबहादुर गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् ।

    गीरेन्द्रबहादुरले २६०६ मत पाउँदा श्रीबहादुरले २४८० मत पाएको निर्वाचन अधिकृत रमाकान्त यादवले बताए । उपाध्यक्षमा गठबन्धनकातर्फबाट उठेका कांग्रेसका राजेश राजभण्डारी बिजयी भएका छन् ।

    राजभण्डारीले ३१४६ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी पुष्पकला भुजेलले २५९५ मत पाएकी छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी भुजेल यसपल्ट पराजित भएकी हुन् ।

    स्वतन्त्र उठेका कांग्रेसका सन्तबीर तामाङले १००७ मत प्राप्त गरेका छन् । कांग्रेस पालिका सभापति रहेका तामाङले बागी उठेर गठबन्धनको मत काटेकाले एमालेका गिरेन्द्रलाई पल्लाभारी भएको हो ।

    ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा माओबादी केन्द्रका पुरूषोत्तम राजभण्डारी, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा एमालेका नन्दबहादुर तामाङ, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा एमालेका टेकेन्द्र राजभण्डारी, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा माओवादी केन्द्रका भक्तबहादुर तामाङ, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा कांग्रेसका टंकराम राई, ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा कांग्रेसका सुनिल राई र ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा एमालेका अरूण राई वडाध्यक्ष विजयी भएका छन् ।

    सम्बन्धित समाचार