Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका बञ्जरा र उपाध्यक्षमा नेकपा एसका राई बिजयी

    बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका बञ्जरा र उपाध्यक्षमा नेकपा एसका राई बिजयी


    • सोमवार, जेठ २ २०७९

    • नेपाल वाइड


    बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका बञ्जरा र उपाध्यक्षमा नेकपा एसका राई बिजयी
    अध्यक्ष सालिकराम बञ्जरा र उपाध्यक्ष भुबलराज राई

    खोटाङ, २ जेठ । खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट उठेका कांग्रेसका शालिकराम बञ्जरा बिजयी भएका छन् । एमालेका उम्मेदवार गोमा मगरलाई ८५१ मतले पछि पार्दै बञ्जरा अध्यक्षमा विजयी भएका हुन् ।

    बञ्जराले ३१८१ मत र मगरले २३३० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बञ्जरा निवर्तमान गाउँपालिका अध्यक्ष र मगर निवर्तमान उपाध्यक्ष हुन् ।

    उपाध्यक्षमा गठबन्धनकातर्फबाट उठेका नेकपा एकीकृत समाजवादीका भुबलराज राई विजयी भएका छन् । उनले २६९२ मत पाएका छन् । उपाध्यक्षका निकटतम प्रतिद्धन्द्धी एमालेका जीवनकुमार राईले २२९५ मत पाएका छन् ।

    बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा कांग्रेसका ढकबहादुर कार्की, बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा एमालेका पदमबहादुर मगर, बराहपोखरी गाउँपालिका–३ साउनेचौंरमा एमालेका ताराकुमार राई, बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा सन्तोष आचार्य, बराहपोखरी गाउँपालिका–५ पौवासेरामा फौदराज राई र बराहपोखरी गाउँपालिका–५ पौवासेरामा एमालेका फौदराज राई र बराहपोखरी गाउँपालिका–६ मौवाबोटेमा माओवादी केन्द्रका दुर्गाबहादुर राई विजयी भएका छन् ।

    सम्बन्धित समाचार