Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    रावाबेँसी ३ को वडाध्यक्षमा ३१ वर्षीय मगर

    रावाबेँसी ३ को वडाध्यक्षमा ३१ वर्षीय मगर


    • आइतवार, जेठ १ २०७९

    • नेपाल वाइड


    रावाबेँसी ३ को वडाध्यक्षमा ३१ वर्षीय मगर
    वडाध्यक्षमा निर्वाचित बिरेन्द्र मगर ।

    खोटाङ, १ जेठ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा ३१ वर्षीय बिरेन्द्र मगर वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेकातर्फबाट उठेका मगर ७०७ मत पाएर वडाध्यक्ष चुनिएका हुन् ।

    वडामा अन्य चार सदस्य कांग्रेसको निर्वाचित हुँदा एमालेकातर्फबाट मगर एक्लो वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका बिदुरकुमार खतिवडाले ६६४ मत पाएका छन् ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष निर्वाचित खतिवडा यसपल्ट पराजित भएका हुन् । वडा सदस्यमा कांग्रेसका महेशकुमार श्रेष्ठ, सोमबहादुर माझी, कुन्तामायाँ मगर र मेनुजा बिक निर्वाचित भएका छन् । लामीडाँडामा एमालेको २०५४ सालको स्थानीय निकायको निर्वाचनपछिको पहिलो विजय हो । 

    सम्बन्धित समाचार