Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    पाँच वर्षअघि अध्यक्षमा पराजित खड्का उपाध्यक्षमा विजयी

    पाँच वर्षअघि अध्यक्षमा पराजित खड्का उपाध्यक्षमा विजयी


    • आइतवार, जेठ १ २०७९

    • नेपाल वाइड


    पाँच वर्षअघि अध्यक्षमा पराजित खड्का उपाध्यक्षमा विजयी
    उपाध्यक्षमा विजजयी खेमबहादुर खड्का ।

    खोटाङ, १ जेठ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा खोटाङको जन्तेढुंगा गाउँपालिकामा खेमबहादुर खड्का कांग्रेसका अध्यक्षका उम्मेदवार थिए । तर एमालेका शंखरबहादुर राईसँग खड्का पराजित भए ।

    पाँच वर्षपछि कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट उनै खड्का उपाध्यक्षका उम्मेदवार बनाइए । अध्यक्षमा गठबन्धनकातर्फबाट माओवादी केन्द्रकी अरुणादेबी राईलाई अघि सारियो ।

    पाँच वर्षअघि अध्यक्षमा निकटतम प्रतिद्धन्द्धी बनेका खड्का यसपल्टको स्थानीय तहको निर्वाचनमार्फत उपाध्यक्षको भुमीकामा पुगेका छन् । खड्काले २८०५ मत पाएका छन् । २०७४ सालमा उनी दिक्तेल बहुमुखी क्याम्पसमा पढाउदै गरेको अवस्थामा राजीनामा दिएर गाउँपालिका अध्यक्षमा उठेका थिए ।

    ६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा २०७४ सालमा एमालेबाट अध्यक्ष निर्वाचित भएका शंखरबहादुर र उपाध्यक्षमा निर्वाचित भएका बिमला राई यसपल्ट गठबन्धनका उम्मेदवारसँग पराजित भएका छन् । अध्यक्षमा निर्वाचित अरुणादेबीले २८८१ मत ल्याउँदा शंखरबहादुरले २५७५ मत र बिमलाले २४९५ मत पाएका छन् ।

    सम्बन्धित समाचार