Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङको जन्तेढुंगामा गठबन्धनका अरुणादेबी र खेम बिजयी

    खोटाङको जन्तेढुंगामा गठबन्धनका अरुणादेबी र खेम बिजयी


    • आइतवार, जेठ १ २०७९

    • नेपाल वाइड


    खोटाङको जन्तेढुंगामा गठबन्धनका अरुणादेबी र खेम बिजयी
    अध्यक्षमा निर्वाचित अरुणादेबी राई र उपाध्यक्षमा निर्वाचित खेमबहादुर खड्का ।

    खोटाङ, १ जेठ । खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का बिजयी भएका हुन् ।

    अरुणादेबीले २८८१ मत र खड्काले २८०५ मत पाएका छन् । उनीहरुका निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५७५ मत र उपाध्यक्षका उम्मेदवार बिमला राईले २४९५ मत पाएका छन् ।

    राप्रपाका भक्तबहादुर खड्काले १३ मत पाएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बिजयी भएका शंखबहादुर र बिमलालाई एमालेले पुःन दोश्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो । जन्तेढुंगा गाउँपालिकाका ६ वडामध्ये एक वडामा मात्र एमालेको उम्मेदवार बिजयी भएको छ ।

    जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा माओवादी केन्द्रका केदारमान राई, जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा माओवादी केन्द्रका मस्तबहादुर राई, जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा कांग्रेसका तारामान राई, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा एमालेका बिदुरमान राई, जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा कांग्रेसका धनबहादुर राई र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा कांग्रेसका सागर राई वडाध्यक्षमा बिजयी भएका छन् ।

    सम्बन्धित समाचार