Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बालेनको हार जितको विषयमा दुई युवाले राखे खसीको बाजी !

    बालेनको हार जितको विषयमा दुई युवाले राखे खसीको बाजी !


    • आइतवार, जेठ १ २०७९

    • नेपाल वाइड


    बालेनको हार जितको विषयमा दुई युवाले राखे खसीको बाजी !

    खोटाङ, १ जेठ । काठ्माण्डौंका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको हार र जितको विषयलाई लिएर खोटाङका दुई युवाले बाजी राखेका छन् ।

    बालेनको जित हुने वा हार हुने पक्षमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका बिजय फुयाल र रमेश खड्काले २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राखेका हुन् । बिजय ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश ‘हार्छ’ भन्ने पक्षमा छन् ।

    बालेनले जितेमा रमेशले बिजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा बिजयले रमेशलाई २८ केजीको खसीको मासु बराबरको रकम दिनेगरी कागजपत्र बनाइएको छ ।

    दुई युवाबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको राजन दुलालको घरमा बसेर बाजी स्वरुप कागज तयार पारेर सहीछाप गरिएको छ । उनीहरुले सुमन बास्तोला, सरोज खतिवडा र दिनेश आचार्यलाई रोहबरमा राखेर लिखित बाजी राखेका हुन् ।

    रोहबर बसेका सुमनले आइतबार बाजी राखेको कागत राखेर ‘काठमाडौंको मेयरको विषयमा यस्तो कागज गरियो, यो कागज वमोजिम कार्यन्वयन नगरेमा सम्बन्धित निकायमा उजुरि समेत गर्न सक्ने’ उल्लेख गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

    सम्बन्धित समाचार