Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

    साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित


    • आइतवार, जेठ १ २०७९

    • नेपाल वाइड


    साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित
    वडाअध्यक्षमा विजयी जीवन न्यौपाने (खत्री) ।

    खोटाङ, १ जेठ । खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् ।

    उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् । आइतबार घोषित परिणाम अनुसार न्यौपानेको प्यानलबाट जयप्रकाश कट्वाल, हरिहर ढकाल र महिला सदस्य निर्मला राई चुनिएका छन् । दलित महिला सदस्य कबिता बिक भने एमालेकातर्फबाट विजयी भएका छन् ।

    २६ कात्तिकमा २०५० मा जन्मिएका न्यौपानेले नेबिसंघको सरस्वती माबि मात्तिमको इकाइ सदस्य बनेर २०६६ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी नेबिसंघको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै केही समयअघि भएको कांग्रेसको १४ राष्ट्रिय महाधिबेसनमा प्रदेश प्रतिनिधि बनेका थिए ।

    सम्बन्धित समाचार