Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङमा नेकपा एसको दुई वडाध्यक्ष निर्वाचित

    खोटाङमा नेकपा एसको दुई वडाध्यक्ष निर्वाचित


    • आइतवार, जेठ १ २०७९

    • नेपाल वाइड


    खोटाङमा नेकपा एसको दुई वडाध्यक्ष निर्वाचित
    वडाअध्यक्षमा विजयी तुलाराम राई र मिलन राई ।

    खोटाङ, १ जेठ । खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका–३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् ।

    माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् । खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् ।

    यस्तै, बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिला सहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीको निर्वाचित भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् । बासपानीमा वडाध्यक्ष पुरुष र चार सदस्य महिला भएका छन् ।

    सम्बन्धित समाचार