Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    एमाले पालिका कमिटि अध्यक्षले दिए राजीनामा

    एमाले पालिका कमिटि अध्यक्षले दिए राजीनामा


    • आइतवार, जेठ १ २०७९

    • नेपाल वाइड


    एमाले पालिका कमिटि अध्यक्षले दिए राजीनामा
    राजीनामासहित एमालेका दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटि अध्यक्ष कृष्ण कार्की ।

    खोटाङ, १ जेठ । खोटाङमा आफ्नो वडामा पार्टीले हार बेहोरेपछि नेकपा एमालेका दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटि अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका छन् ।

    आफ्नो वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा एमालेका सबै उम्मेदवार पराजित भएपछि पालिका कमिटि अध्यक्ष कार्कीले आइतबार विज्ञाप्ती जारी गर्दैै पदबाट राजीनामा दिएका हुन् ।

    वडामा एमालेले नराम्रो हार बेहोर्नु परेकाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको कार्कीले उल्लेख गरेका छन् । उनी ३४ वर्षदेखि एमालेको राजीनितीमा क्रियासिल छन् । डाँडागाउँमा वडाध्यक्ष कांग्रेसको बद्री कट्वाल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

    वडामा कांग्रेसको दुई, जसपाको एक र माओवादी केन्द्रको दलित महिला सदस्य विजयी भएका छन् । सो वडामा माओवादी केन्द्र र जसपाले गठबन्धन गरेको थियो । जसपाका जिल्ला अध्यक्ष टंक थापा वडा सदस्य निर्वाचित भएका छन् ।

    सम्बन्धित समाचार