Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    जसपाको जिल्ला अध्यक्ष थापा वडासदस्यमा निर्वाचित

    जसपाको जिल्ला अध्यक्ष थापा वडासदस्यमा निर्वाचित


    • आइतवार, जेठ १ २०७९

    • नेपाल वाइड


    जसपाको जिल्ला अध्यक्ष थापा वडासदस्यमा निर्वाचित
    वडासदस्यमा निर्वाचित जसपा खोटाङका अध्यक्ष टंक थापा ।

    खोटाङ, १ जेठ । जनता समाजवादी पार्टीका खोटाङ अध्यक्ष टंक थापा वडासदस्यमा निर्वाचित भएका छन् । थापा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँबाट वडा सदस्यमा निर्वाचि भएका हुन् । थापाले ३१९ मत पाएका छन् ।

    डाँडागाउँमा माओवादी केन्द्र र जसपाको गठबन्धन थियो । वडाध्यक्षमा कांग्रेसका बद्री कट्वाल विजयी भएका छन् । वडामा कांग्रेसको दुई सदस्य र माओवादी केन्द्रको दलित महिला सदस्य विजयी भएका छन् ।

    गठबन्धन दलको सहमती अनुसार थापा जिल्ला समन्वय समितिमा जानेगरी वडा सदस्यमा उठेका हुन् । कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसवीचमा भागबण्डा गर्नेक्रममा जिल्ला समन्वय समिति जसपालाई दिने सहमती छ ।

    सोही सहमती अनुसार साकेला गाउँपालिका–२ रतन्छामा जसपाका केन्द्रीय सदस्य सनबहादुर राई पनि वडासदस्यका उम्मेदवार छन् ।

    सम्बन्धित समाचार