शनिवार, बैशाख ३१ २०७९
नेपाल वाइड
खोटाङ, ३१ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको १५४ मत गणना हुँदा गठबन्धन (कांग्रेस) का मेयरका उम्मेदवार तिर्थराज भट्टराईले ८१ मत र नेकपा एमालेका मेयरका उम्मेदवार कुमार आचार्यले ६० मत पाएका छन् ।
यस्तै, गठबन्धन (माओवादी केन्द्र)का उपमेयरमा उम्मेदवार बिसन राईले ८० र एमालेका उपमेयरका उम्मेदवार बिणादेबी राईले ४६ मत पाएकी छन् । १५ वडा रहेको नगरपालिका जिल्लाकै केन्द्र मानिन्छ । यही कारण यस नगरपालिकाको परिणामलाई सबैले चासोका रुपमा लिइरहेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा एमालेका दिपनारायण रिजाल र उपमेयरमा बिणादेबी राई निर्वाचित भएकी थिईन् । बिणादेबी पुःन उपमेयरमा उठेकी हुन् ।