Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङः दुईमा कांग्रेस र दुई स्थानीय तहमा एमालेको अग्रता

    खोटाङः दुईमा कांग्रेस र दुई स्थानीय तहमा एमालेको अग्रता


    • शनिवार, बैशाख ३१ २०७९

    • नेपाल वाइड


    खोटाङः दुईमा कांग्रेस र दुई स्थानीय तहमा एमालेको अग्रता
    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा मतगणना गरिदै ।

    खोटाङ, ३१ बैसाख । खोटाङको १० मध्ये सात स्थानीय तहमा मत गणना जारी छ । केपिलासगढी, जन्तेढुंगा, दिप्रुङ चुईचुम्मा, बराहपोखरी र रावाबेँसी गाउँपालिकाको मत गणना शुक्रबार मध्य रातीबाट तथा साकेला, ऐसेलुखर्क गाउँपालिकामा शनिबार बिहानदेखि मत गणना सुरु गरिएको हो ।

    यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकाको मत गणना केही समयपछि सुरु गर्ने तयारी छ । जिल्लाका १ लाख ४३ हजार ७५२ मतदातामध्ये ८७ हजार ८८ मतदाताले भोट हालेको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए ।

    बिहान ११ बजेसम्ममा प्राप्त नजितामध्ये दुई स्थानीय तहमा कांग्रेस र दुई स्थानीय तहमा एमालेले शुरुवाती अग्रता लिएको छ । रावाबेँसी र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसको अग्रता देखिएको छ भने बराहपोखरी गाउँपालिका र केपिलासगढी गाउँपालिकामा एमालेले अग्रता लिएको छ । अन्य स्थानीय तहको मत परिणाम आउन बाँकी छ ।

     

    बराहपोखरी गाउँपालिका

    गणना गरिएको मतः ४००

    अध्यक्ष सुर्यः २००

    अध्यष रुखः १३९

    उपाध्यक्ष सुर्यः २००

    उपाध्यक्ष कलमः ९९

     

    रावाबेँसी गाउँपालिका

    गणना गरिएको मत ४००

    अध्यक्ष रुख २०१

    अध्यक्ष सुर्य १२७

    उपाध्यक्ष हँसिया हथौडा १९५

    उपाध्यक्ष सुर्य १३१

     

    दिप्रुङ चुईचुम्मा गाउँपालिका

    गणना गरिएको मतः ५००

    रुखः अध्यक्ष २२१, उपाध्यक्षका २१८

    हँसियाः हथौडा अध्यक्ष १३५ र उपाध्यक्ष १३५

    सुर्यः अध्यक्ष १०८ र उपाध्यक्ष १०४ मत

    समयः १०.३०

     

    केपिलासगढी गाउँपालिका

    अध्यक्ष सुर्यः १६९,

    अध्यक्ष रुखः १४१

    अध्यक्ष कलमः ६१ मत

    उपाध्यक्ष रुखः १३३

    उपाध्यक्ष सुर्यः १४७

    उपाध्यक्ष छाताः ७०

    सम्बन्धित समाचार