Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा ३९.४० प्रतिशत मतदाता अनुपस्थित

    खोटाङमा ३९.४० प्रतिशत मतदाता अनुपस्थित


    • शनिवार, बैशाख ३१ २०७९

    • नेपाल वाइड


    खोटाङमा ३९.४० प्रतिशत मतदाता अनुपस्थित
    सांकेतिक तस्बिर

    खोटाङ, ३१ बैसाख । खोटाङमा ३९.४० प्रतिशत मतदाता मतदानमा अनुपस्थित भएका छन् । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा १ लाख ४३ हजार ७५२ मतदातामध्ये ५६ हजार ३६४ मतदाता अनुपस्थित भएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । मतदानमा ४४ हजार ५३१ पुरुष मतदाता र २१ हजार ५५७ महिला मतदाता अनुपस्थित भएका छन् ।

    मतदानमा ८७ हजार ८८ (६०.६०) मतदाताले मात्र मताधिकारी प्रयोग गरेका छन् । कतिपय मतदाता विदेश पुगेको, जिल्ला बाहिर बसेको अवस्थामा अत्यावश्यक कामका कारण कतिपय मतदाता उपस्थित हुन नसकेको, कतिपय मतदाताको नाम दोहोरिएको र कतिपय मृत्यु भइसकेका मतदाताको नाम मतदाताको सुचीबाट नहटाइएका कारण अनुपस्थित हुने मतदाताको संख्या अधिक देखिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।

    सम्बन्धित समाचार