Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङका अधिकांश मतदान स्थल तयार

    खोटाङका अधिकांश मतदान स्थल तयार


    • बिहिवार, बैशाख २९ २०७९

    • नेपाल वाइड


    खोटाङका अधिकांश मतदान स्थल तयार
    खोटाङका बिभिन्न स्थानमा तयार पारिएको मतदान स्थल ।

    खोटाङ, २९ बैसाख । स्थानीय तहको निर्वाचनका लागि खोटाङका अधिकांश मतदान स्थल तयार पारिएका छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि १० वटै स्थानीय तहमा मतदानस्थल तयार पारिएको हो ।

    निर्वाचनका लागि केही ठाउँ बाहेक सबै मतदान स्थल तयार भएको मुख्या निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले बताए । जिल्लामा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएको छ ।

    मतदानस्थलमा बार हालेर र डोरी टाँगेर मतदाता उभिने ठाउँ, कर्मचारी बस्ने ठाउँ, मत संकेत गर्ने ठाउँ, मत पेटिका राख्ने ठाउँ लगायतका संरचना तयार पारिएको छ । बाँकी केही मतदानस्थल बिहिबार दिनभरीमा तयार हुने मुख्य निर्वाचन अधिृतको कार्यालयले जनाएको छ ।

    polling spot (construct)_khotang2.jpg

    खोटाङका बिभिन्न स्थानमा तयार पारिएको मतदान स्थल ।

    निर्वाचन अधिकृत रमाकान्त यादवका अनुसार ऐसेलुखर्कमा सबै मतदानस्थल तयार पारिएको छ । केपिलासगढी गाउँपालिकामा पनि सबै मतदानस्थल तयार भएको निर्वाचन अधिकृत राजकुमार राईले बताए । खोटेहाङ गाउँपालिकामा पनि सबै वडामा मतदानस्थल तयार भएको निर्वाचन अधिकृत गेहेन्द्रराज रेग्मीले बताए ।

    साकेला गाउँपालिकामा पनि सबै वडामा मतदानस्थल तयार भएको निर्वाचन अधिकृत राजन नेपालले बताए । हलेसी तुवाचुङ नगरपालिकामा आज दिनभरमा मतदास्थल तयार हुने निर्वाचन अधिकृत संगीता न्यौपाने ढुंगेलले बताईन् । अन्य स्थानीय तहमा पनि लगभग मतदानस्थल तयार भएको छ ।

    मत गणनास्थलमा बाँसको भाटाको घेराबारा

    खोटाङका १० वटै स्थानीय तहमा मत गणनाका लागि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मत गणनास्थल तयार पारिएको छ ।

    सुरक्षित तरिकाले मत गणना गर्नका लागि सिसि क्यामेरा जडान र घेरा बारा हालेर मत गणनास्थल तयार पारिएको हो । मत गणनास्थलमा मत गणनाका क्रममा खटिने कर्मचारी र सुरक्षाकर्मी भित्र र उम्मेदवारका प्रतिनिधि बाहिर बस्न मिल्नेगरी घेरा बारा हालिएको छ ।

    polling spot (construct)_khotang5.jpg
    खोटाङका बिभिन्न स्थानमा तयार पारिएको मतगणना स्थल ।

    अधिकांश मतदानस्थलमा बाँसको भाटा, तार जाली, भलिबलको नेट लगायत प्रयोग गरेर घेरा बारा गरिएको हो । ऐसेलुखर्कमा उम्मेदवारका प्रतिनिधिले मतपत्रको छाप र चिन्ह देख्न सक्नेगरी घेराबारा हालेर नजिकै बस्ने ठाउँको व्यवस्था मिलाइएको निर्वाचन अधिकृत यादवले बताए ।

    ऐसेलुखर्कमा आवाज रेकर्ड गर्ने सिसि क्यामेरा जडान गरिएको छ । केपिलासगढीमा नियमित विद्युतको व्यवस्थाका लागि जेनेरेटर समेत तयारी अवस्थामा राखिएको निर्वाचन अधिकृत राईले बताए ।

    polling spot (construct)_khotang4.jpg

    खोटाङका बिभिन्न स्थानमा तयार पारिएको मतगणना स्थल ।

    यस्तो छ त्रिपाल व्यवस्थापन

    निर्वाचनको दिन वर्षा हुने भनिएपछि मतदानस्थलको सुरक्षाका लागि निर्वाचन अधिकृतको कार्यालयले आ–आफ्नै तरिकाले त्रिपाल व्यवस्था गरेको छ । निर्वाचन आयोगले त्रिपालका लागि छुट्टै बजेट व्यवस्था नगरेपछि मतदानस्थलको सुरक्षाका लागि सम्वन्धित स्थानीय तह र वडा कार्यालयसँगको सहकार्यमा त्रिपाल व्यवस्थापन भइरहेको छ ।

    वडा कार्यालयमा भए वडाकै र वडामा नभएको अवस्थामा नगरपालिकाबाट त्रिपाल मगाइएको हलेसी तुवाचुङ नगरपालिकाकी निर्वाचन अधिकृत न्यौपानेले बताईन् । ‘वडामा छ भने वडाबाटै त्रिपाल व्यवस्थापन गरिरहेका छौँ,’ न्यौपानेले भनिन्, ‘वडामा छैन भने नगरपालिका समक्ष त्रिपाल माग गर्ने व्यवस्था मिलाइएको छ ।’

    साकेला गाउँपालिकामा धेरैजसो मतदानस्थल सामान्य वर्षाका त्रिपाल नचाहिनेगरी तयार पारिएको छ । विद्यालयलाई मतदान केन्द्र बनाइएकाले मतपत्र, मत पेटिका लगायतका निर्वाचन सामग्रीलाई भिज्नबाट जोगाउन बरण्डामा राख्नेगरी मतदानस्थल तयार पारिएको निर्वाचत अधिकृत नेपालले बताए । खोटेहाङ गाउँपालिकामा ओत भएको ठाउँमा बाहेक अन्य आवश्यक पर्ने मतदानस्थलका लागि पालिकाबाट त्रिपाल व्यवस्था गरिएको निर्वाचन अधिकृत रेग्मीले बताए ।

    मतदाता शिक्षामा कर्मचारी

    मतदानका लागि मतदानस्थलमा पुगेका कर्मचारी मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षामा व्यस्त बनेका छन् । यसपल्ट निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन नगरेकाले मतदाताको जिज्ञासा अनुसार कर्मचारी मतदाता परिचयपत्र वितरणका साथमा मतदाता शिक्षा दिन व्यस्त बनेका हुन् ।

    polling spot (construct)_khotang3.jpg

    सम्बन्धित समाचार