Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    केपिलासगढीमा मतगणनाको ‘रिहल्र्सल’

    केपिलासगढीमा मतगणनाको ‘रिहल्र्सल’


    • बिहिवार, बैशाख २९ २०७९

    • नेपाल वाइड


    केपिलासगढीमा मतगणनाको ‘रिहल्र्सल’
    केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले गरेको नमुना मतगणना ।

    खोटाङ, २९ बैसाख । खोटाङको केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले नमुना मतगणना गरेको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको मतगणनाको अभ्यास स्वरुप बिहिबार बिहान मतगणनाको रिहल्र्सल गरिएको निर्वाचन अधिकृत राजकुमार राईले बताए ।

    sample vote count (kepilasgadhi)_khotang1.jpg

    केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले गरेको नमुना मतगणना ।

    निर्वाचन अधिकृतको कार्यालयले मतगणनस्थल तयार पारेपछि कर्मचारी, सुरक्षाकर्मी र उम्मेदवारका प्रतिनिधि बनेर नमुना मतगणना गरिएको हो । निर्वाचनपछि मतगणना गर्ने अभ्यास र सीप विकासका लागि मत गणनाको रिहल्र्सल गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    sample vote count (kepilasgadhi)_khotang2.jpg

    केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले गरेको नमुना मतगणना ।

    केपिलासगढीमा मतगणनस्थललाई बाँसको भाटा र भलिबलको जाली प्रयोग गरेर घेराबारा हालिएको छ । मतगणना गर्ने कर्मचारी र उम्मेदवारका प्रतिनिधि बस्ने ठाउँको बिचमा घेराबारा हालेर सुरक्षा व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा सिसि क्यामेरा पनि जडान गरिएको निर्वाचन अधिकृत राईले बताए ।

    sample vote count (kepilasgadhi)_khotang3.jpg

    केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले गरेको नमुना मतगणना ।

    सम्बन्धित समाचार