Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्थानिय तह निर्वाचन

    खोटाङ : मतदान केन्द्रमा पठाइए निर्वाचन सामग्री

    खोटाङ : मतदान केन्द्रमा पठाइए निर्वाचन सामग्री


    • मंगलवार, बैशाख २७ २०७९

    • नेपाल वाइड


    खोटाङ : मतदान केन्द्रमा पठाइए निर्वाचन सामग्री
    निर्वाचन सामग्री सहित मतदान केन्द्र जाने तयारी गर्दै कर्मचारीहरु । तस्बिर : दमन राई

    खोटाङ, २७ बैसाख । स्थानीय तहको निर्वाचनका लागि खोटाङका मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइएको छ । आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सुरक्षाकर्मी र कर्मचारीका साथमा मतपत्र, मतपेटिका, स्वस्तिक चिन्ह, मतदाता नामावली लगायतका निर्वाचन सामग्री पठाइएको हो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र अन्य निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयमार्फत मतदान स्थल र मतदान केन्द्रमा पठाइएको हो । १० स्थानीय तह रहेको जिल्लामा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् ।

    election materials in booth photo_daman2.jpg

    निर्वाचन सामग्री सहित मतदान केन्द्र जाने तयारी गर्दै कर्मचारीहरु । 

    जिल्ला निर्वाचन कार्यालयमार्फत मतदान स्थल र मतदान केन्द्रमा मत पेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, नङमा लाउने मसी, छेकाबार, लाहा छाप, पोलबुक, सुरक्षण सिल, मैनबत्ती, मत पेटिका स्टीकर, मतदाता नामावली, मतदाता परिचय–पत्र पठाइएको छ । यस्तै, रबर म्याट, स्टाप्लर, कैंची, ग्लुस्टीक, पञ्चिङ मेसिन, प्राथमिक उपचार बाकस, सेनिटाइजर, निर्वाचन निर्देशिका, अनुसूची, स्टेशनरीका सामान लगायत पठाइएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले बताए ।

    स्थानीय तहको निर्वाचनका लागि जिल्लामा जगेडासहित एक हजार ५० कर्मचारी परिचालन गरिएको छ । १९४ मतदान केन्द्रमा आवश्यक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी पठाइसकिएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    election materials in booth photo_daman3.jpg

    निर्वाचन सामग्री सहित मतदान केन्द्र जाने तयारी गर्दै कर्मचारीहरु । 

    पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र तीन स्वयंसेवक परिचालन हुनेछन् । तर पाँच सयभन्दा कम मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, एक सहायक कर्मचारी र तीन स्वयंसेवक परिचालन गरिएको छ ।

    election materials in booth photo_daman4.jpg

    निर्वाचन सामग्री सहित मतदान केन्द्र जाने तयारी गर्दै कर्मचारीहरु । 

    सम्बन्धित समाचार