Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्थानिय तह निर्वाचन

    दुई पुर्वप्रअ वडाध्यक्ष बन्ने दौडमा

    दुई पुर्वप्रअ वडाध्यक्ष बन्ने दौडमा


    • शुक्रवार, बैशाख २३ २०७९

    • नेपाल वाइड


    दुई पुर्वप्रअ वडाध्यक्ष बन्ने दौडमा
    पुर्वप्रअ ढकबहादुर कार्की र शिवकुमार श्रेष्ठ ।

    खोटाङ, २३ बैसाख । खोटाङको बराहपोखरी गाउँपालिकामा दुई पुर्वप्रअ वडाध्यक्षको उम्मेदवार बनेका छन् । आसन्न ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका लागि बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पुर्वप्रअ ढकबहादुर कार्की र शिवकुमार श्रेष्ठ वडाध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका हुन् । डाँडाखर्क आधारभुत विद्यालयका पुर्वप्रअ रहेका कार्कीलाई कांग्रेस र शंखेश्वरी माबिका पूर्व प्रअ श्रेष्ठलाई एमालेले वडाध्यक्षको उम्मेदवार बनाएको हो ।

    कार्की र श्रेष्ठ एकै गाउँका बासिन्दा हुन् । कार्कीसँग २७ वर्ष र श्रेष्ठसँग ३९ वर्ष शिक्षण गरेको अनुभव छ । कार्की २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका टंककुमार मगरसँग ९३ मतले पराजित भएका थिए ।

    कार्की २०६४ सालमा प्रअबाट राजीनामा दिएर वडाध्यक्षका उम्मेदवार बनेका थिए । कांग्रेसले उनलाई पुःन वडाध्यक्षको टिकट दिएको हो । कार्की वडाध्यक्षमा निर्वात भए सरकारी सुविधा नलिने घोषणा सहित चुनावी अभियानमा निस्किएका छन् ।

    श्रेष्ठ भने अवकाशको समय नजिकिँदै गर्दा शिक्षण पेशा त्यागेर पहिलोपटक राजनीतिमा हाम फालेका हुन् । एकै गाउँका दुई पुर्वप्रअ बीचको निर्वाचन परिणाम बारे अनेक आँकलन भइरहेको छ । तर त्यसको छिनोफानोका लागि ३० बैसाखसम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

    सम्बन्धित समाचार