शुक्रवार, बैशाख २३ २०७९
नेपाल वाइड
खोटाङ, २३ बैसाख । खोटाङमा निर्वाचन प्रचार–प्रसारका क्रममा राजनीतिक दलले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत आचार संहिता उल्लंघन गरेको विषयमा जिल्ला हुलाक कार्यालयमा उजरी दिन सकिने व्यवस्था मिलाइएको छ ।
आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दल, दलका उम्मेदवार तथा अन्य उम्मेदवारले आम सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत गरेका प्रचार–प्रसार तथा प्रचार सामग्रीका बारेमा निर्वाचन आचार संहिता उल्लंघन गरेको पाइएमा जिल्ला हुलाक कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको हो ।
निर्वाचन आचारसंहिता, २०७८, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ बमोजिम निर्वाचन आचार संहिता उल्लंघन भएको पाइएमा हुलाक कार्यालयमा उजुरी दिन सकिने जनाइएको छ । आचार संहिता उल्लंघन सम्वन्धी उजुरी पोष्टअफिसखोटाङ एटदरेट जिमेल डटकममा पठाउन सकिने जिल्ला हुलाक कार्यालयले जनाएको छ ।